Jilla Ban Notis

रामग्राम नगरपालिकाद्धारा जेष्ठ नागरीकसंग मेयर कार्यक्रम संचालन

0 31

कृष्ण ढकाल
बर्दघाट,माघ–२१
नवलपरासीको रामग्राम नगरपालिकाले जेष्ठ नागरीकसंग मेयर कार्यक्रम संचालन गर्न लागेको छ । नगरपालिकाले संचालन गरेका भौतिक विकास निमार्ण,सिप विकास तथा क्षमता अभिवृद्धि जस्ता कुनै पनि कार्यक्रमहरुले जेष्ठ नागरीकहरुलाई प्रत्यक्षरुपमा सम्वोधन गर्न नसकिने भएका कारणले नगरपालिकाले जेष्ठ नागरीकसंग मेयर कार्यक्रम ल्याएको नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले बताउनु भएको छ ।
आज रामग्राम नगरपालिकाले आयोजना गरेको जेष्ठ नागरीक संग मेयर कार्यक्रम अन्र्तगको पालिका स्तरीय सरोकारवालाहरुसंग १ दिने अभिमुखिकरण कार्यक्रममा बोल्दै नगर प्रमुख गुप्ताले सो बुरा बताउनु भएको हो ।
नगर प्रमुख गुप्ताले जेष्ठ नागरीकहरुले स्वास्थ्य चौकीहरुमा गएर सेवा लिनसक्ने अवस्था नरहने भएका कारण हरेक महिना उहांहरुकै घरमा स्वास्थ्यकर्मीहरु पुगेर सेवा प्रदान गर्ने निति रहेको बताउनु भएको छ । आफुहरुले ल्याएको निति अनुसार ६५ वर्ष देखि ८४ वर्ष सम्मका जेष्ठ नागरीकहरुलाई उक्त जेष्ठ नागरीकसंग मेयर कार्यक्रममा समावेस गर्न सकिने बताउनु भयो ।
८४ वर्षभन्दा बढी उमेर समुहका जेष्ठ नागरीहरुलाई प्रदेश सरकारको कार्यक्रम रहेकाले आफुहरुले त्यस प्रकारको उमेरको हदवन्दी कायम गरेको बताउदै प्रदेश सरकारको सेवावाट वन्चीत रहेकाहरुलाई पनि आफ्नो कार्यक्रममा समावेस गर्न सकिने बताउनु भएको छ ।
त्यसैगरी जेष्ठ नागरीकहरुको स्वास्थ्य चेक जांच गर्ने र सरकारले तोकेका सबै निः शुल्कदिने प्रकारका औषधीहरु प्रदान गर्ने समेत बताउनु भयो । नगरकार्यपालिकाको छैठौं नगर सभाले यो कार्यक्रमलाई अनुमोदनगरी लागु गरेको बताउदै भोली बस्ने कार्यपालिकाको बैठकले यसको कार्यविधि पास गर्ने र कार्यक्रम औपचारीक रुपमा संचालन गर्ने गरी तयारी गरीएको पनि नगर प्रमुख गुप्ताले जानकारी गराउनु भएको छ ।

कार्यक्रममा नगर उपप्रमुख रम्भा कुवंर र प्रमुख प्रशासकिय अधिकृत राजेश पन्थीले रामग्राम नगरपालिकाले संचालन गर्न लागेको जेष्ठ नागरीकसंग मेयर कार्यक्रम नितान्त नयां र पृथक रहेको बताउदै सो कार्यक्रम निक्कै प्रभावकारी हुने धारणा राख्नु भएको थियो । उहांहरुले प्रदेश सरकारले संचालन गरेको जेष्ठ नागरीकसंग प्रदेस सरकार भन्दा पनि निक्कै प्रभावकारी हुनेमा आफुहरु विश्वस्त रहेको बताउदै यो परिकल्पना पनि नगर प्रमुख गुप्ताले नै गरेको बताउनु भएको थियो ।

नगर प्रमुख नरेन्द्र कुमार गुप्ताको अध्यक्षता र बलीराम सापकोटाको संचालनमा भएको जेष्ठ नागरीकसंग मेयर कार्यक्रमको पालिका स्तरीय सरोकारवालाहरुसंग को अभिमुखिकरण कार्यक्रममा नगरका विभिन्न राजनितिक दलका प्रतिनिधिहरु,जिल्ला पृथ्वीचन्द्र अस्पताल विकास समिति, जिल्ला जनस्वास्थ्य कार्यालय,नेपाल पत्रकार महासंघ, लगाएतका संघ संस्थाहरुका प्रतिनिधिहरु र पत्रकारहरुले समेत आ–आफ्नो भनाई र सुझाव राख्दै कार्यक्र प्रभावकारी रहेको बताएका थिए।

कार्यक्रममा रामग्राम नगरपालिकाका स्वास्थ्य शाखाका सुरज हरिजनले रामग्राम नगरपालिका भित्रका जेष्ठ नागरीकहरुको अवस्था र उनीहरुलाई जेष्ठ नागरीकसंग मेयर कार्यक्रम मार्फत नगरपालिकाले प्रदान गर्ने स्वास्थ्य कार्यक्रम अन्र्तगतका सेवा सुविधा र त्यसको वस्तु अवस्थाका वारेमा जानकारी गराउनु भएको थियो । प्रस्तुत् तथ्यांक अनुसार अहिले रामग्राम नगरपालिकाक्ष्ँेत्रमा ६५ वर्ष देखि ८४ वर्ष सम्मा २ हजार ८ सय ७ जना जेष्ठ नागरीकहरु रहेका छन् ।

Leave A Reply

Your email address will not be published.