Jilla Ban Notis

५० प्रतिशत अनुदानमा किसानहरुलाई पम्पसेट र बिद्युत मोटर बितरण ।

0 75

गौरीशंकर जयसवाल

परासी ,असार –८
नवलपरासीको रामग्राम नगरपालिकाले किसानकाहरुलाई ५० प्रतिशत अनुदानमा पम्पसेट र बिद्युत मोटर बितरण गरेको छ । आज एक कार्यक्रममा बिच नगरपालिकाका नगरप्रमुख नरेन्द्र कुमार गुप्ताले किसानहरुलाई पम्पसेट र बिद्युत मोटर बितरण गरेका हुन ।  बितरण गदै नगरप्रमुख गुप्ताले अांर्थिक बर्ष २०७७/०७८ को अगामी निती तथा कार्यक्रममा किसानहरुलाई लक्षित गरी कृषि क्षेत्रमा प्रथामीकता राखेर बजेट ल्याएको बताए । रामग्राम नगरपालिकाले कृषि क्षेत्र आफुहरुको मुख्य प्राथमिकतामा रहेको र कृषि समस्या समाधानका लागी नगरपालिकाले सदैव तयार रहेको गुप्ताको भनाई थियो । उनले किसानहरुलाई कृषि क्षेत्रको सिचाईको लागि ट्युबल बितरण गर्ने योजना रहेको बताए ।
रामग्राम नगरपालिकाको कृषि विकास शाखाले आ.व. २०७६र०७७ को बार्षिक कार्यक्रम अनुसार रामग्राम नगरपालिकाको कृषि शाखामा दर्ता रहेका २१ वटा कृषकहरुलाई ५० प्रतिशत अनुदानमा २० थान पम्पसेट र ४ थान बिद्युत मोटर हस्तान्तरण गरिएको कृषि शाखा प्रमुख उमेश कुमार धोबीले जानकारी दिए । धान बाली लगाउने समयमा किसानहरुले पम्पसेट र बिद्युत मोटर पाउदा हार्षित भएका छन । बितरण कार्यक्रममा रामग्राम नगरपालिका प्रमुख प्रशासकीय अधिकृत रुद्रप्रसाद रेग्मी,वडानं ६ वडाअध्यक्ष जितेन्द्र प्रसाद अग्रहरी कार्यपालिका सदस्य रोशन कुमार शाह,पशु सेवा शाखाका गोबिन्द्र पौडेलले लगायतको सहभागितारहेको थियो।

Leave A Reply

Your email address will not be published.