Jilla Ban Notis

यहि शैक्षिक सत्रवाट सुनवल– ११, बर्दगोरियामा बैदिक गुरुकुल कक्षा संचालन हुने ।

0 472

कृष्ण ढकाल
बर्दघाट,चैत्र–७
सुनवल– ११, बर्दगोरियामा बैदिक गुरुकुल कक्षा संचालन हुने भएको छ । वैदिक कर्मकाण्ड गुरुकुल पाठ्यस्थलहरुका रुपमा बर्दगोरियालाई परिचित गर्ने गरी बर्दगोरियाका धार्मिक अभियान्ताहरु र सामाजिक ब्यक्तित्वहरु लागि परेका छन् ।

सुनवल नगरपालिकाको धार्मिक , ऐतिहासिक तथा पर्यटकिय स्थलकारुपमा रहेको वडा नं.– ११ को बर्दगोरियामा वेद विद्याश्रम गुरुकुल संचालनका लागि नरपति पाण्डेको अध्यक्षतामा गुरुकुलम ब्यबस्थापन समिती गठन गरीएको छ । जस्को सदस्यमा सुनवल– वडा नं. ११ का वडाध्यक्ष कमल प्रसाद चुवाइ,लेखनाथ ढकाल,लाल प्रसाद कण्डेल ,दुर्गा देबि भुर्तेल ,तारा पान्डे, सुमन श्रेष्ठ हरनु भएको छ भने सदस्य सचिवमा शिक्षक प्रतिनिधि चन्द्र कान्त पान्डेय रहनु भएको छ ।

यहि आउँदो शैक्षिक सत्रबाट कक्षा ५ बाट पढाई शुरुगर्ने गरी वैदिक कर्मकाण्ड गुरुकुल संचालन गर्नका लागि बाबा बर्दगोरिया तुलसिराम गुरुकुल ब्यबस्थापन समिती सुनवल ११ केरवानी नामाकरण गरी समिति गठन गरीएको समितिका सदस्य लेखनाथ ढकालले जानकारी गराउनु भएको छ ।

पछिल्लो समय नेपालमा वैदिक परम्परा अनुसार पढाई गर्नका लागि ठाँउ–ठाँउमा बैदिक गुरुकुलहरु संचालन गर्नेक्रम बढेर जानथालेको छ । नेपालमा सबैभन्दा बढी पूर्वको झापा जिल्लामा यसप्रकारका गुरुकुलका कक्षाहरु संचालन भएकाछन् । धर्म संस्कार र संस्कृतिको संरक्षणका लागि नवलपरासीमा पनि केही वेद विद्याश्रमहरुको संचालन भएको पाईन्छ । अब सुनवल– ११, बर्दगोरियामा बैदिक गुरुकुल कक्षा संचालनको तयारी गरेसंगै यस क्षेत्रमा बैदिक गुरुकुल शिक्षा लिनचाहनेहरुका लागि थप सहज हुने देखिएको छ ।

बर्दगोरियामा बैदिक गुरुकुल कक्षा संचालनका लागि भुमी दान दाता तुलसिराम पान्डे संरक्षक रहनु भएको छ भने अहिलेलाई गुरुकुलका कक्षाहरु बाबा बर्दगोरिया मन्दिरमा नै संचालन गर्ने गरी तयारी गरीएको गुरुकुलम ब्यबस्थापन समितीका अध्यक्षता नरपति पाण्डेले बताउनु भएके छ ।

Leave A Reply

Your email address will not be published.