Jilla Ban Notis

माविस्तरीय फुटबलमा स्मृति बोर्डिङ् विजयी

0 60

तिलोत्तमा, चैत्र २
तिलोत्तमा नगरपालिकाद्वारा आयोजित अन्तर माविस्तरीय फुटबल प्रतियोगितामा स्मृति बोर्डिङ् विजयी भएको छ । आइतबार भएको फाइनल खेलमा स्मृति बोर्डिङ् स्कुलले सिद्धार्थ बोर्डिङ् स्कलुलाई ७–० ले पराजित गरी प्रथम भएको हो ।
विजयी टिमलाई एक समारोहका बीच तिलोत्तमा नगरपालकिाका शिक्षा,युवा तथा खेलकुद् शाखा प्रमुख गंगाराम आचार्यले रु. पचास हजार नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गर्नुभएको थियो । द्वितीय हुने सिद्धार्थ बोर्डिङ् स्कुलले रु. तीस हजार नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको थियो ।
प्रतियोगितामा वेस्ट प्लेयर स्मृति बोर्डिङ् स्कुलका सरोज दर्लामी भएका थिए भने बेस्ट गोलकिपर स्मृति बोर्डिङ्का सुयोग काला मगर र हाइ स्कोरर स्मृति बोर्डिङ् स्कुलकै सुवास बम ठकुरी भएका थिए । यसै गरी बेस्ट कोच स्मृति बोर्डिङ् स्कुलका पुकार गहतराज, बेस्ट डिफेन्डर जनज्योति माविका मनिस केप्छाके र फेयर टिम कुँवरवर्ती बोर्डिङ् स्कुलले प्राप्त गरेका थिए ।
फागुन २२ गतेदेखि शुरु भएको उक्त प्रतियोगितामा तिलोत्तमा नगरपालिकाका १६ वटा विद्यालयले भाग लिएका थिए ।जनज्योति क्लबको संयोजनमा सञ्चालित प्रतियोगिता तिलोत्तमा–४ स्थित जनज्योति क्लबको खेलमैदानमा सम्पन्न भएका थियो ।

Leave A Reply

Your email address will not be published.