Jilla Ban Notis

मानव बेचविखन तथा ओसार परास विरुद्धको एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

0 87

बर्दघाट,चैत्र–६
पश्चिम नवलपरासीको बर्दघाट ४ मा मानव बेचविखन तथा ओसार परास  विरुद्धको एक दिने अभिमुखीकरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । लुम्बिनी प्रदेश सरकार समाजिक विकास मन्त्रालय शिक्षा तथा समाजिक विकास निर्देशनालय समाजिक विकास डिभिजन कार्यालय भैरहवाको आयोजनामा उक्त कार्यक्रम सम्पन्न् भएको हो ।
महिलाहरुलाई लक्षित सो कार्यक्रम समाजिक विकास डिभिजन कार्यालय भैरहवाका अध्यक्ष दिवाकर भण्डारीको अध्यक्षता तथा बर्दघाट नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष रविन्द्र विक्रम हमालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि हमालले मानव बिचबिखन तथा ओसार पसारका सम्बन्धमा सबै नगरिकहरु सचेत हुनु जरुरी रहेको बताउनु भयो । कार्यक्रममा दाउन्ने देवि बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख नरेश खनाल, आफन्त नेपाल रुपन्देहीका बोडर इन्चार्ज सिमा गिरि लगाएको उपस्थिती रहेको थियो ।
कार्यक्रमको सञ्चालन समाजिक विकास डिभिजन कार्यालय भैरहवाका शाखा अधिकृत श्यामलाल न्यौपानेले गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.