Jilla Ban Notis

महिलाहरुलाई सिप,तालिम र क्षमता अभिबृद्धि जरुरी ः उप–प्रमुख पौडेल

उपहार नगर आमा समुहको अध्यक्षमा पार्वती रिजाल

0 166

रामु भुसाल
बर्दघाट,पौष–२५
उपहार नगर आमा समुह बर्दघाट ४ बाढिपिडित पश्चिम नवलपरासीको छैठो बार्षिक साधारण सभा तथा तेस्रो अबिधेशन शनिबार सस्थाको सभाहलमा सम्पन्न भएको छ । समुहकी अध्यक्ष विष्नु कुमारी कार्कीको अध्यक्षता तथा बर्दघाट नगरपालिकी नगर उपप्रमुख माया देवी पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पौडेलले महिलाहरु अझै पनि घरदेखी बाहिर निस्केर आत्मनिर्भर हुन नसेको बताउदै उनिहरुलाई सिप, तालिम र क्षमता अभिबृद्धि जरुरी रहेको बताउदै बर्दघाट नगरपालिकाले महिला मैत्री कानुन बनाई विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै महिलालाई स्वारेजगार तर्फ उन्मुख गराउदै आइरहेको बताउनुभएको थियो ।
कार्यक्रममा विशिष्ट अतिथि बर्दघाट नडा नम्बर ४ का वडाध्यक्ष रविन्द्र विक्रम हमाल, बर्दघाट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मेघनाथ पाध्याय, अतिथिहरु नव जिवन मावीका विद्यालय ब्यवस्थापन समिति अध्यक्ष डिलाराम चालिसे लगाएतले मन्तब्य राख्नुभएको थियो ।


कार्यक्रममा अध्यक्षको बार्षिक प्रगति प्रतिबेदन अध्यक्ष कार्की र लेखा परिक्षण प्रतिबेदन कोषाध्यक्ष मनका भुषालले ४ लाख ७८ हजार २ सय बराबरको आय ब्यय विवरण प्रस्तुत गर्नुभएको थियो । समुहकी उपाध्यक्ष गिता शर्माको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन समुहकी सदस्य सृजना आचार्यले गर्नुभएको थियो ।
सम्पन्न अबिधेशनले आगामी ३ बर्ष का लागी पार्वती रिजालको अध्यक्षतामा ११ सदस्यिय नया नेतृत्व समेत सर्व सम्मत चयन गरेको छ । जसको उपाध्यक्षमा गिता शर्मा, सचिवमा कमला भट्राई, कोषाध्यक्ष सज्जल भण्डारी र सहसचिवमा धनमल्ल रहनुभएको छ भने सदस्यहरुमा चेतमाया लम्साल, देबु परियार, ईन्दिरा भुषाल लगाएत रहनुभएको छ ।

Leave A Reply

Your email address will not be published.