Jilla Ban Notis

महाकवि देवकोटा नमुना बिधालयद्धारा सुनवल नगरको दैविक कोषमा १ लाख ११ हजार रुपैया सहयोग रकम प्रदान ।

0 38
प्रकाश न्यौपाने
बर्दघाट–चैत्र १७
सुनवलमा रहेको महाकवि देवकोटा नमुना बिधालयले आज दैविक कोषमा रु १ लाख ११ हजार रुपैया सहयोग रकम प्रदान गरिएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिईरहेको कोरोना भाइरस को सम्भावित संक्रमणको जोखिम रोकथाम एवं नियन्त्रणका लागि सुनवल नगरपालिकाको दैवी प्रकोप उद्दार विशेष कोषमा जम्मा हुने गरि महाकवि देवकोटा नमुना मध्यामिक विधालयका शिक्षक कर्मचारी तथा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीबाट सहयोग प्रदान गरिएको हो। सहयोग रकम बराबरको चेक सुनवल नगरपालिकाका नगर प्रमुख भीम बहादुर थापा क्षेत्रीलाई हस्तान्तरण गरिएको प्राधानाध्यापक खेमलाल शर्माले बताउनु भयो ।  
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानहरि अर्याल तथा प्रध्यानाध्यापक खेमलाल जोशी शर्माले मेगा बैकको चेक हस्तान्तरण गरि चेक प्रदान गरिएको छ । कोरोनाले निम्त्याएको महाविपत्तिको नियन्त्रण सबै नगरबासी एकजुट भएर सहयोग गर्नु पर्ने बिधालय ब्यस्थापन समितिका अध्यक्ष ज्ञानहरि अर्यालले बताउनु भयो । अर्याल भन्नु हुन्छ (” हामी सम्पुर्ण नगरवासीले सरकाले दिएको निर्देशन पालना गरि सरकालाई सहयोग गर्ने समय हो यो त्यसैले जे जति सकिन्छ सबैले सहयोग गरौं ।” यसै क्रममा सहयोग रकम बुझ्दै यस्तो संकटको बेलामा मानविय कार्यमा सहयोग गर्नु भएकोमा सुनवल नगरपालिका नगर प्रमुख भिम बहादुर थापाले बिधालयलाइ हार्दिक आभार प्रकट गर्नु भयो ।

Leave A Reply

Your email address will not be published.