Jilla Ban Notis

मन्त्री ह्ृदेश त्रिपाठीलाई गृहजिल्लामा बाजागाजा सहितस्वागत ।

0 13

कृष्ण ढकाल
बर्दघाट,मंसीर–१८
संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री ह्ृदेश त्रिपाठीलाई बुधवार गृह जिल्लावासीहरुले नवलपरासीमा स्वागत गरेका छन् । त्रिपाठी संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री बनेर पहिलो पटक गृहजिल्ला आउदैगर्र्दा बर्दघाट नगरपालिकाको त्रिवेणीचोकमा पहिलो स्वागत गरीएको थियो । प्रदेश नं. ५का सांसदद्धय दिपेन्द्र अधिकारी,अजय शाही,बर्दघाट नगरपालिकाका नगरप्रमुख धिरज शर्मा,उप प्रमुख माया पौडेल,नगरपालिकाका प्रशाशकिय प्रमुख ,सुस्ता गाऊपालिकाका अध्यक्ष रामप्रसाद पाण्डे,युवासंघका जिल्ला संयोजक युवराज डुम्रे र बर्दघाट नगरपालिकाका वडाध्यक्षहरु लगाएत स्थानीय नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

त्रिवेणीचोकमा पञ्चेवाजा सहित फुलमालाले मन्त्री त्रिपाठीलाई स्वागत गरेपछि मन्त्रि त्रिपाठी पाल्डांडा–बरुवा हुदै सिधै सुस्ताको वालपुरी मन्दिरमा दर्शन गर्न जानुभएको थियो ।

Leave A Reply

Your email address will not be published.