Bardaghat Na pa

मन्त्री त्रिपाठीद्धारा बर्दघाट नगरको आईसोलेसन निरिक्षण

23

कृष्ण ढकाल
बर्दघाट,जेष्ठ–२१
स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले आज बर्दघाट नगरपालिकाले संचालन गरेको चिसापानीको कोभिड–१९ अस्थायी आईसोलेसनको निरिक्षण गर्नु भएको छ । निरिक्षणका क्रममा बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्यालले नगरले संचालन गरेको आईसोलेसनका वारेमा पूर्ण जानकारी गराउनु भएको थियो ।
त्यसैगरी मन्त्री त्रिपाठीको आफ्नो निवार्चन क्ष्ँेत्रको आईसोलेसन भएकाले आवश्यक पर्ने स्वास्थ्य सामाग्रीहरु उपलब्ध गराई दिनका लागि नगर प्रमुख बस्यालले मन्त्री समक्ष आग्रह गर्नु भएको थियो ।
नवलपरासी पश्चिममा रहेका सातवटा स्थानिय तहहरुले संचालन गरेका कोभिड–१९,आईसोलेसनहरु मध्ये बर्दघाट नगरपालिकाले नयां भवन नै निर्माण गरेको आईसोलेसन संचालन गरेको र पछि त्यसलाई चिसापानी अस्पतालका रुपमा संचालन गर्ने योजना रहेकाले केन्द्रवाट हुनसक्ने सहयोगमा कुनै कन्जुसाई नगर्न मन्त्री समक्ष नगर प्रमुखले आग्रह गर्नु भएको थियो ।

मन्त्री त्रिपाठीले आफुले फर्केर गएपछि माथिकाट हुन सक्ने केहि सहयोग गर्ने प्रतिवद्धता जाहेर गर्नु भएको थियो । आईसोलेसनको निरिक्षणका क्रममा चिसापानी प्रमुख जिल्ला अधिकारी,,लुम्बिनी प्रदेश सभा सदस्य अजय शाही ,अस्पतालका डा. पवन अग्रहरी,बर्दघाट नगरपालिका स्वास्थ्य शाखा प्रमुख माधब ज्ञवाली लगाएतको सहभागिता रहेको थियो ।

बर्दघाट नगरपालिकाले चिसापानीमा निमार्ण गरेको नयां अस्पताल भवनवाट एचडीयू सेवा सहित २० सैयाको अक्सिजन सहितको सेवा प्रदान गरिरहेको छ ।