Jilla Ban Notis

मनरीमा १४आंै खिचडी माघी महोत्सव सकियो, नवलपरासीमा अरवौंका योजना ः मन्त्री चौधरी

0 17

कृष्ण ढकाल
सरावल,माघ–१
श्रीराम युवा प्रतिष्ठान सरावल २ मनरीले आयोजना गरेको १४ औ खिचडी माघी महोत्सव एवं थारु सांस्कृतिक कार्यक्रम सकिएको छ । पौष २९ गते देखि शुरुभएको महोत्षव माघ १ गते सकिएको हो । महोत्षवको सुद्घाटन र समापन दुवै प्रदेश ५ का भौतिक पुर्वाधार बिकास मन्त्री बैजनाथ चौधरीले गर्नु भएको थियो । विहिवार महोत्षव समापन समारोहलाई सम्वोधन गर्दै मन्त्री चौधरीले नवलपरासी जिल्लाका हरेक वाटो–घाटो ,पुलपुलेसा देखि विभिन्न सामाजिक संघ संस्थाहरुको भौतिक संरचना निमार्ण गर्न र खानेपानी तथा सिंचाईका डिप्टूयूवेल सम्म अहिलेको सरकारले जोड तोडकासाथ काम गरेको बताउनु भएको छ । उहांले अहिले ५० वर्ष सम्म हुन नसकेका ठुला ठुला कामहरु अहिलेको सरकारले गरेको बताउदै अबको ३ वर्षमा नवलपरासी लगाएत प्रदेश कै मुहार फेरीनै दावी गर्नु भयो । मन्त्री चौधरीले नवलपरासीमा मात्र यस वर्ष अरर्वाैका योजना आएको समेत बताउनु भयो । उहांले साना तिना कमजोरी देखाएर भएका कामको गलत प्रचार गरिएको बताउदै यस तर्फ पत्रकारहरुले पनि सत्य तथ्यमा आधारीत भएर समाचार सम्प्रेषण गर्न सुझाव दिनुभयो । त्यसैगरी फरक प्रसंगमा मन्त्री चौधरीले थारु समुदायले देशैभर आयोजना गरेका माघि महोत्सवले भ्रमण वर्ष २०२० लाई सफल बनाउन पनि सघाउ पुर्याएको बताउनुभयो । सोही कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख शिवशंकर रायले थारु समुदायले आफ्नो पहिचान बचाउनका लागी पनि माघी महोत्सवको आवश्यकता रहेकोमा जोड दिनुभयो । आगामी पुस्तालाई अहिलेको पहिचान हस्तान्तरण गरेर आफ्नो पहिचानलाई सदैव जोगाउनुपर्ने मा जोड दिनु भयो । अर्का सरावल गाँउपालीकाका अध्यक्ष राधेश्याम चौधरीले गाँउपालीका बासिको हितलाई ध्यानमा राखेर आफुहरुले काम गरिरहेको बताउदै सरावल गाँउपालीकाबासिको सहजता लागी स्वास्थ्य शिक्षा लगाएतका क्षेत्रमा विशेष काम भईरहेको जानकारी दिनु भयो । महोतषवमा थारु समुदायका राष्ट्रिय कलाकार श्रीनिवास चौधरी, ममता चौधरी लगाएतको प्रस्तुती रहेको थियो । कल्बका अध्यक्ष संजय कुमार चौधरीको अध्यक्षता र प्रदेश ५ का भौतिक पुर्वाधार बिकास मन्त्री बैजनाथ चौधरीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा,नवलपरासी उद्योगवाणीज्य संघका अध्यक्ष लगाएत विभिन्न राजनितिक दलका नेताहरुको समेत उपस्थिती रहेको थियो । भेषनारायण चौधरीको स्वागतमन्तब्यवाट शुरु भएको कार्यक्रमको संचालन महोत्षव संयोजक नगेन्द्र चौधरीले संचालन गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.