Jilla Ban Notis

मदिरा पसलमा चोरी गर्ने भारतीय युवा पक्राउ ।

0 135

सहबान अन्सारी
प्रतापपुर,जेष्ठ–५

नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नं ६ हरपुर ९ झुलनिपुर भन्सार चोक ०मा मदिरा पसलमा चोरी गर्ने एक जना भारतीय युवा रंगेहात पक्राउ परेका छन। पसलमा चोरी गर्ने युवालाई स्थानिय ब्यपारीहरुले बिहान तीन बजे पक्राउ गरेका हुन । पक्राउ पर्नेमा जिल्ला महाराजगन्ज स्थित झुलनिपुर ९ भारत० गाउँको अन्दाजी १८ बर्षिय मेहताब अन्सारी रहेको बताइएको छ । लकडाउनको समयमा सिमा सुरक्षाको लागी नाकामा सशस्त्र प्रहरीको निगरानी बढाईएको हुदाँ नेपालबाट भारत तर्फ बगेको पश्चिमी गण्डक नहरमा करिब २ महिना देखी पानी बन्द रहेको हुदाँ नहरको बाटो प्रयोग गरि नेपाल प्रवेश गरेको हुन सक्ने स्थानीय ब्यपारी प्रहलाद कोइरीले बताए । गएराती बिजय मदिरा पसल, सोनी सहानी मदिरा पसल र यादव कोल्ड ड्रिङ्समा तिन मदिरा पसलबाट ताल्चा तोडफोड गरि चोरी गरेको हो ।  पक्राउ परेका अन्सारीलाई स्थानियहरुले नियन्त्रणमा लिई प्रहरी चौकी गुठी परसौनी बुझाइपछी उनलाई बेलाटारीको क्वारेन्टाइन पठाउने र त्यसपछि कार्यवाही प्रक्रिया अगाडि बढाउने प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.