Jilla Ban Notis

मजदुरका माग सम्बोधन गर्न युवा संघको माग

0 21

मोहन पौडेल

परासी,२६ फागुन

पूर्वपश्चिम राजमार्ग अन्र्तगत बुटवल–नारायणगढ सडक खण्ड निर्माणमा खटिएका मजदुरहरुको माग सम्बोधन गर्दै राष्ट्रिय युवा संघ पश्चिम नवलपरासीले माग गरेको छ । चारदिन देखि मजदुरहरु आन्दोलित हुँदा सडक निर्माणको काम ठप्प भएपछि युवा संघले आज प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकलाई ज्ञापत्र पत्र बुझाउँदै मजदुरका माग सम्बोधन गर्न सहजीकरण गरेको हो ।

मजदुरहरुका सामान्य मागलाई पनि ठेकेदारले वेवास्ता गर्दा मजदुरहरु समस्यामा पर्नुका साथै राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको सडक निर्माण कार्य अगाडि बढ्न नसकेपछि वेथिति रोक्न युवा संघले पहल थालेको राष्ट्रिय युवा संघका जिल्ला संयोजक युवराज डुम्रेले बताउनुभयो । युवा संघले मजदुरका माग तत्काल सम्बोधन गरी सडक निर्माण कार्यलाई तीव्रता दिन ध्यानाकर्षण गराएको छ ।

मजदुरहरुलाई ठेकेदार क्रम्पनीले खानेपानीको व्यवस्था नगरेको, स्थानीय मजदुरलाई घर ल्याउन लैजान टिपरमा कोचेर ल्याउने लैजाने गर्दा असुरक्षा भएको, सम्झौता विनै काममा लगाएको, समयमा पारिश्रमिक उपलब्ध नगराएको लगायतका माग राखेर आन्दोलन गरेकोले सम्बोधनका लागि पहल गरेको राष्ट्रिय युवा संघका केन्द्रिय सचिव रमेश पौडेलले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी पाठकले मजदुरका मागका विषयमा निर्माण व्यवसायीसँग कडा रुपमा प्रस्तुत हुने बताउनुभयो । उक्त अवसरमा युवा संघका केन्द्रिय सचिव रमेश पौडेल, केन्द्रिय सदस्य प्रदीप सुवेदी, विष्णु पोखरेल, नेपाल बाल संगठनका जिल्ला अध्यक्ष प्रितम पौडेल लगायतको पनि सहभागिता थियो ।

Leave A Reply

Your email address will not be published.