Jilla Ban Notis

भोजपुरी कार्यक्रम संचालक श्रेष्ठको निधनले स्रोताहरु निक्कै चिन्तीत् ।

0 25

परासी,मंसीर–११
जातले नेवार भएर पनि भोजपुरी भाषामा राम्रो दख्खल भएका रेडियोकर्मी धनेश्वर श्रेष्ठ सदाका लागि विदा भएसंगै नवलपरासी क्ष्ँेत्रका स्रोताहरु चिन्तीत् भएका छन् । अत्यन्त मिठासपूर्ण शैलीमा कार्यक्रम सञ्चालन गर्ने रेडियोकर्मी धनेश्वर श्रेष्ठ को निधनले नवलपरासीको सामुदायिक रेडियो परासी लगाएत यस क्ष्ँेत्रका भोजपुरी भाषामा कार्यक्रमहरु सुन्ने स्रोताहरु निक्कै चिन्तीत् भएका हुन ।
जातले नेवार भएर पनि भोजपुरी भाषामा अत्यन्त मिठासपूर्ण शैलीमा कार्यक्रम सञ्चालन गर्ने तथा निक्कै प्रभावकारी विज्ञापन बनाउन सक्ने रेडियोकर्मी धनेश्वर श्रेष्ठको हृदयघातका कारण निधन भएको थियो।
बालापनदेखि नै परासीको स्थानीय बासिन्दा रहेको हुनाले यहाको स्थानीय भाषामा बोल्न सक्ने रेडियोकर्मी धनेश्वरश्रेष्ठको भोजपुरी आवाज रेडियोमा गुञ्जिदा छुट्याउन सकिन्थ्यो।श्रेष्ठलाई पश्चिम नवलपरासीका सम्पूर्ण पत्रकारिता गर्नेहरूले भोजपुरी आवाजका निम्ति प्रेरणाको रुपमा लिने गरेका छन्।
पश्चिम नवलपरासीमा रहेको सामुदायिक रेडियो परासीका शेयर सदस्य तथा रेडियोको स्थापना कालदेखि नै विज्ञापन शाखा प्रमुखको रुपमा कार्यरत मिलनसार तथा अत्यन्तै सरल स्वाभावका धनी धनेश्वर श्रेष्ठको असामयिक निधनले रेडियोले आवाजको सफल कलाकार गुमाएको रेडियोका अध्यक्ष सुमन गोपाल आचार्य बताउनु धएको छ ।

Leave A Reply

Your email address will not be published.