Jilla Ban Notis

भरत क्षेत्री र दुर्गा सापकोटाको तिजको कोसेली एक नम्बर सबैको रोजाईमा

0 32

कृष्ण ढकाल
बर्दघाट,श्रावण–१५
उज्यालो म्यूजिक प्रा.ली.को प्रस्तुती,बैकुण्ठ महतको लय तथा शब्दमा भरत क्षेत्री र दुर्गा सापकोटाको तिजको कोसेली एक नम्बर यतिवेला सबैको रोजाईमा परेको छ । कोभिड–१९ का कारण मानिसहरु खुलेर हिड्डुल गर्न नपाएका वेला गितसंगितको आन्नदलिनेहरुका लागि तिजको शुरुवादमै बजारमा आएको घण्टी बजारएर बोलको यस तिजगित अहिले सबैको रोजाईमा पर्न सफल भएको छ ।
नेपालीहरुको महान चाड हरितालीका एक सांस्कृतिक चाड भएको र आफ्नो गीतको शुरुमा नै धर्म संस्कारलाई जोडेर नेपाली मौलिकता बोकेको समय सान्दर्भिक बिषयलाई उठान गरेर गितको गायन तथा छायांकन गरीएकाले सबैको लोकप्रिय बनेको गायक भरत क्षेत्रीले बताउनु भएको छ ।

गायन क्षेत्रमा निक्कै लोकप्रिय बनेका भरत क्षेत्रीर दुर्गा सापकोटाको स्वर रहेको घण्टी बजारएर बोलको तिजगितमा लय तथा शब्द बैकुण्ठ महतको रहेको छ भने सो गितलाई उत्पादक तथा वितरकको जिम्मा उज्यालो म्यूजिक प्रा.ली.ले लिएको छ । त्यसैगरी अमर रेग्मीको छायांकन, अमर शाक्यको सम्पादन र मञ्जुश्री फिल्मस्को दृश्य निर्माण रहेको उक्त तिज गितमा कुमार के.सी.ले निर्देशन गर्नु भएको छ भने बिजय,क्रिष्टिना,सन्दिप,दिपिकाले सो गितमा अभिनय गर्नुभएको छ ।

https://www.youtube.com/watch?v=lujOXwXuKFM&feature=share&fbclid=IwAR2lFLFjjmUlIEWb7HfDHxBH8wlSBxalZgIu4Yj5HJSY4w3yMlkgYPriwkM

Leave A Reply

Your email address will not be published.