Sarawal Ga pa

ब्यबसायिक गाईभैसी पालन तालीम सम्पन्न् ।

0 76

कृष्ण ढकाल
बर्दघाट,पुष–१०
बर्दघाट–९ पञ्चनगरमा रहेको मधुवन कृषि बहुउद्धेश्यीय सकहारी संस्थाले भेट नेपालको प्राविधिक सहयोगमा चार दिने ब्यबसायिक गाईभैसी पालन तालीम सम्पन्न् गरेको छ । स्वर्णीम सामुदायिक विकास प्रतिष्ठानको सभाहलमा सम्पन्न् तालीममा बर्दघाट,सरावल,सुनवल लगाएतका क्षेत्रका ब्यवसायिक पशुपालन गरीरहेका सयबढि किसानहरुको सहभागिता रहेको थियो ।

पुष ७ गते देखि १० गते सम्म संचालन भएको उक्त तालीममा पहिलो दिन गाईपालन र भैसीपालन ब्यवसायका विशेषता र फार्म दर्ता प्रक्रिया,कृषी ऋण,विमा , अनुदान र दुधालु पशु खरिदका विषयमा राष्ट्रिय पशु प्रजनन् कार्यालय पोखराका पशु विकास अधिकृत भरतराज गौतम र डेरी फार्ममा जैविक सुरक्षा,सफा र स्वच्छ दुध उत्पादनका लागि ध्यानदिनु पर्ने कुरा लगाएतका बिषयमा दुग्ध विकास संस्थानमा प्राविधिक डा. माधब पाण्डेले सहजीकरण गर्नु भएको थियो ।

त्यसैगरी दोस्रो दिन गाईभैसी पालनको लागि गोठ र ओपन यार्ड निमार्ण तथा जग्गाको छनौट उमेर समुह अनुसार पशुलाई गर्ने हेरचा,पशुको बैज्ञानीक आहार तथा दाना बनाउने तरीका र हरियो घाँसको ब्यवस्थाका वारेमा भरतराज गौतमले नै सहजीकरण गर्नु भएको थियो ।

तेस्रो दिन साईलेज र हे बनाउने तरीका तथा प्रयोग बिधिका वारेमा एस के गोट फार्म तथा साईलेज उद्योग फर्साटिकरका संचालक सन्दिप खनालले,पशु प्रजनन, ब्यवस्थापन,सुरक्षित गर्भधारण र मातृत्वका विषयमा त्रिभुवन विश्व विद्यालय भेटनरी शिक्षण अस्पतालका डाईरेक्टर प्रा.डा. शम्भु शाहले र पशु रोग र त्यसको ब्यवस्थापन र खोप लातीकाका बारेमा त्रिभुवन विश्व विद्यालय भेटनरी मेडिसिनका उप–प्रध्यापक डा. सुमन सिंह राजपुतले सहजीकरण गर्नु भएको थियो ।

त्यस्तै तालीमको चौथो दिन गाईभैसीमा लाग्ने आन्तरीक तथा बाह परिजीवीको ब्यवस्थापनका वारेमा कृषि तथा भूमि ब्यवस्था मन्त्रालय पशु तथा मस्य विकासका डा. उत्तम आर्चायले र डेरी फार्मको अभिलेख ब्यवस्थापन र गर्मिमा गाईभैसीलाइ हिट स्टेसबाट जोगाउने उपायका बारेमा भेट नेपालका निर्देशक डा. विवेक बन्धु रेग्मीले सहजीकरण गर्नु भएको थियो ।

तालीमको समापनका क्रममा बोल्दै बर्दघाट नगरपालिकाका पशु पंक्षी विकास शाखा प्रमुख भरत लम्सालले अहिले नगरमा दर्ता रहेका ५० बढी ब्यवसायिक पशु र्फामहरु घटेको बताउनु भएको थियो । त्यसैगरी नगरका किसानहरुले उत्पादन गर्ने वस्तुको लागत बढेकोले उत्पादन लागत घटाउने तर्फ नगरको ध्यान केन्द्रित रहेको बताउदै पशु बजारवाट नगरका किसानहरुले पाल्ने पशुमा वाह्ीय रोगको आगमन भएको भन्दै त्यसवाट सजक रहन आग्रह पनि गर्नु भएको थियो ।

सोही कार्यक्रममा बोल्दै भेट नेपालका निर्देशक डा. विवेक बन्धु रेग्मीले दुधको ल्याक्टोचेकमा एकरुपता ल्याउनु पर्ने र शैक्षिक सिपयुक्त पशुपराविधिकहरुसंग समन्वय गरेर पशुपालनलाई ब्यवस्थीत गर्न आग्रह गर्नु भएके थियो ।
समापन कार्यक्रममा बोल्दै सहभागिहरुले आफुहरुलाई पशु आहार बनाउने कच्चा पर्दाथको अभाव रहेकाले सहज रुपमा कच्चा पदार्थको उपलब्ध गराउने वातावरण हुन जरुरी रहेकामा जोड दिएका थिए ।

Leave A Reply

Your email address will not be published.