Sarawal Ga pa

बैंक तथा वित्तीय संस्थाहरु विरुद्ध बर्दघाटका ब्यापारीहरु आन्दोलीत

0 58

कृष्ण ढकाल
बर्दघाट,कार्तिक–२
बैंक तथा वित्तीय संस्थाहरुले व्याज बढाएको विरोधमा नवलपरासीका उद्योगी व्यवसायीहरुले आज एक दिन जिल्लाका सबै उद्योग ब्यवसायहरु बन्द गरेर आन्दोलनमा उत्रेका छन ।
आफ्नो अनुकुल बैंकको ब्याजदर बढाएर उद्योगी व्यवसायीलाई धरासायी बनाउन खोजेको भन्दै बैंक तथा वित्तीय संस्थाहरुलाई सचेत गराउनको लागि सांकेतिक रुपमा आफुहरु विरोध स्वरुप आफन्दोलनमा उत्रेको बर्दघाट उद्योग बाणीज्य संघका महासचिव दिनेश न्यौपानेले बताउनु भएको छ ।
विरोध अन्तरगत पहिलो चरणमा जिल्लाका उद्योग वाणीज्य संघहरुले संयुक्त रुपमा सुनवल चोकमा विरोध सभा सहित १५ मिनेट सडक आगमन वन्द गरेका थिए भने आज दोस्रो चरणमा जिल्लाका सबै बजार क्षेत्रहरुमा सटर डाउन गरी सिठ्ठी जुलुस सहित बैंक तथा वित्तीय संस्थाहरुलाई ज्ञापन पत्र बुझाएका छन् । बर्दघाट बजार बिकास समिति र बर्दघाट उद्योग बाणीज्य संघले आज बर्दघाट बजारका सबै बैंक तथा वित्तीय संस्थाहरुलाई ज्ञापन पत्र बुझाएका हुन ।
८÷९ प्रतिशतमा रहेको बैंकको व्याजदर बृद्धि गरेर अहिले १५÷१६ प्रतिशत सम्म पुर्याएपछि बैंक तथा वित्तीय संस्थाहरुलाई दवाद दिनु वाहेक अरु खासै प्रभाव नहुने ब्यापारीहरु स्वयमको भनाई रहेको छ ।
कोरोनाको प्रभाववाट भर्खर उठेका उद्योग व्यवसायलाई बचाउनको लागि बैंकको व्याजदर सिंगल डिजिटमा झार्नुपर्ने उद्योगी व्यवसायीहरुले माग गरेका छन। तर बैंकका कर्मचारीहरु भने डिपोजिट पनि नहुने र ऋण पनि नआउने भएपछि बैंकलाई पनि समस्या परेको गुनासो गरेका छन् ।
बैंक तथा वित्तीय संस्थाहरुले मात्र अहिलेको यो समस्या समाधान गर्न नसक्ने भएकाले तत्काल केन्द्रिय स्तरवाट नै सरोकारवाल निकायसंगको पहलमा यसको नितिगत हल हुन जरुरी देखिन्छ ।

 

Leave A Reply

Your email address will not be published.