Jilla Ban Notis

बुटवलको राजश्व अनुसन्धान कार्यालयमा भेटियाे पेस्तोल

0 19

बुटवल, पुस – १६

बुटवलस्थित राजश्व अनुसन्धान कार्यालयको हाताभित्र पेस्तोल फेला परेको छ । भारतीय नम्बर प्लेटको कन्टेनरबाट कम्पनी मेड पेस्तोल फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । उक्त कन्टेनर राजश्च अनुसन्धान सम्बन्धी मुद्धामा राजश्व अनुसन्धान कार्यालयको हाताभित्र रोकेर राखिएको थियो ।

जी जे ०६ ए जेड ६३५१ नम्बर प्लेट भएको कन्टेनरमा विषेश सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीको विषेश टोली र राजश्व अनुसन्धान कार्यालयको संयुक्त टोलिले चेकजाँच गर्ने क्रममा कन्टेनरकै एयर फिल्टरमा लुकाई राखेको अवस्थामा वेवली ३२ लेखेको पेस्तोल फेला परेको प्रहरीले बताएको छ ।

यसबारे अन्य आवश्यक अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक सत्य नारायण थापाले बताए । @ नागरीक अनलाईन

Leave A Reply

Your email address will not be published.