Jilla Ban Notis

बुटवलका समाजसेवी शेरचनद्धारा बैशाख महिनाको पनि भाडा मिनाहा ।

0 28
बुटवल,२५ चैत्र
लकडाउन लम्बिएपछि बुटवलका समाजसेवी मृगेन्द्र कुमार शेरचनले आफ्ना १८ वटा ब्यावसायिक सटरको बैशाख महिनाको भाडा पनि मिनाहा गर्ने घोषणा गर्नुभएको छ । शेरचनले बुटवलको अमरपथमा रहेका आफ्ना १८ वटा व्यावसायीक सटर तथा गोदामको चैत्र महिनाको भाडा यसहघि नै मिनाहा गरिसक्नुभएको थियो । चैत्र महिनाको भाडा नलिने घोषण गर्दा अबस्था हेरेर बैशाखको बारेमा पनि सोच्ने प्रतिवद्धता जनाएको बारे उहाले बैशाख महिनाको पनि घरभाडा मिनाहा गरेको घोषण गर्नुभएको हो । कोरोनाको असरले व्यापार नै गर्न पाएका छैनन, पसल पनि बन्द भएका छन, यस्तो अवस्थामा कसरी भाडा लिनु ,अप्ठेरो अवस्थामा घरधनीले भाडामा बस्नेको पिरमर्का बुझ्नुपर्छ भन्ने सन्देश सबैतिर जाओस् भनेर यो निर्णय गरेको समाज सेवी शेरचनले बताउनु भयो । बुटवलकै केन्द्र अमरपथमा नेपालगञ्जरोडको तिनाउपुलदेखी अमरपथको प्रहरीबिट सम्म शेरचनका १८ वटा व्यावसायिक सटर तथा गोदामको भाडा मासिक ५ लाख बढी रहेको छ । शेरचन बुटवलको तिनाउ एफ.एम.,रेडियो संगीत र अमर युवा क्लबका अध्यक्ष समेत हुनुहुन्छ । शेरचनले नेतृत्व गरेको सो एफएम रेडियो र क्लबले पनि हाल बुटवलका बिभिन्न बिपन्न बस्तिमा राहत बितरण गरिरहेको छ । रुपन्देहीको बुटवल उप–महानगरपालिका वडा नं. १३ वँदेल पोखरी र तिलोत्तमा नगरपालिका वडा नंं। ४ र १५ मा रहेका विपन्न घर परिवारहरुलाई सो एफएमले राहत वितरण गरेको हो । दैनिक ज्यालादारी गरेर छाक टार्ने , अपाङ्ग, अतिविपन्न र दीर्घरोगीहरुलाई स्थानिय टोल विकास संस्थाको सिफारिसमा पहिचान गरिएका ५० विपन्न परिवारहरुलाई चामल, दाल, चना, खाने तेल, नुन र मर मसला लगायतका सामान वितरण गरिएको थियो
त्यस्तै यसहघि पनि शेरचनले बारा र पर्सामा हावा हुरीबाट प्रभावितहरुलाई घटनास्थलमै एक टोली पठाएर आर्थिक तथा जिन्सी राहत वितरण गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.