Sarawal sit lahar Notis

बिशाल बहुउद्देश्यीय सहकारी सस्थाले दुध संकलन तथा भण्डारण केन्द्र संचालन गर्ने।

0 56

प्रकाश न्यौपाने

कार्तिक १५

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका ९ मा प्रधान कार्यलय रहेको बिशाल बहुउद्देश्यीय सहकारी सस्थाले दुध संकलन तथा भण्डारण केन्द्र संचालन गर्ने भएको छ । सस्थाले नेपाल सरकार कृषि तथा पशुपंछि बिकास मन्त्रालय नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाको साझेदारीमा बिशाल बहुउद्देश्यीय सहकारीले दुध संकलन तथा भण्डारण केन्द्र संचालन गर्न लागिएको बिशाल साकोसका अध्यक्ष बिनोद खनालले जानकारी दिनु भयो ।

सस्थाले सोमबार आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्दै खनालले ग्रामिण क्षेत्रमा रहनु भएका कृषकहरुलाई लक्षित गरेर बर्दघाट नगरपालिका वार्ड नम्बर ४,७,९,१२,१६ मा दुध संकलन तथा बिक्री र वार्ड नम्बर ४ मा दुध बिक्री केन्द्र राखिने बताउदै उहाले यस आयोजनाबाट ५ हजार ५ सय जना प्रत्यक्ष र अप्रत्यक्ष लाभान्वित हुने बताउनु भयो ।

१ करोड १६ लाख ४८ हजार ६ सय ९६ रुपैयाको कुल लगानीमा संचालन हुने दुध सकलन तथा भण्डारण केन्द्रमा नेपाल सरकार र बिशाल बहुउद्देश्यीय सहकारीको पचास / पचास प्रतिशत लगानी हुने खनालले बताउनु भयो । दैनिक ६ हजार देखी १० हजार लिटर सम्म दुध संकलन गरिने लक्ष्य राखिएको बिशाल बहुउद्देश्यीय सहकारी सस्थाका सचिब प्रेम प्रसाद अधिकारीले बताउनु भयो ।

अधिकारीका अनुसार दुध संकलन तथा भण्डारण केन्द्र आयोजना अन्तरगत दुध खरिद गर्ने, दुधको बजारीकरण गर्ने, स्वरोजगारमा वृद्धि गर्ने र शेयर सदस्य कृषकहरुलाइ आय स्तरमा अभिबृदि गर्ने मुख्य उद्देश्य रहेको बताउनु भयो ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा उठेका सबालहरुको जवाफ दिदै सस्थाका उपाध्यक्ष टिकाराम खनालले कृषकहरुलाइ तालिम र भैसि गाइलाई चाहिने प्राबिधिक सहयोग सस्थाले समय सापेक्ष रुपमा उपलब्ध गराउने बताउनु भयो । यही असोज १० गते देखी सुरु भएको यो आयोजना २०७९ कार्तिक ३० सम्म रहने बताइएको छ । कार्यक्रममा बर्दघाट नगरपालिका उपप्रमुख मायादेबि पौडेल, कृषि शाखा प्रमुख भरत लम्साल, पत्रकार, कृषक एव शेयर सदस्य गरि करिव ४ सय जनाको उपस्थिति रहेको बिशाल साकोसका व्यस्थापक कमल चौधरीले बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.