Sarawal sit lahar Notis

बाढीडुबानको समयमा हुन सक्ने क्षति कमगर्न उद्धार सामाग्री हस्तान्तरण ।

0 32

कृष्ण ढकाल
बर्दघाट ,असार –४
बाढीको उच्च जोखिममा रहेको पश्चिम नवलपरासीको सरावल गाउँपालिले शुक्रवार डुवानक्ष्ँेत्रका मानिसहरुको उद्दारलाई लक्षीतगरी अत्यावश्यक खोज तथा उद्धार सामाग्री हस्तान्तरण गरिएको छ ।
सरावल गाउंपालिका वडा नम्बर ६ मा बाढीडुबानको समयमा हुन सक्ने क्षति र त्यसको जोखिम न्यूनिकरणका लागि सरावल गाउँपालिले स्थानिय अलहुदा संस्थालाई अत्यावश्यक खोज तथा उद्धार सामाग्री हस्तान्तरण गरिएको सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चौधरीले बताउनु भएको छ ।

बाढीपीडित क्षेत्रमा दुख पिडामा परेका नागरिकहरुको उद्दारका लागि गाउंपालिकाले १० थान त्रिपाल , १ थान रबर बोट९ डुङ्गा० ,८ थान लाईफ ज्याकेट , ८ थान हेलमेट,४ सेट गम्बुट , ७ थान टर्चलाईट , ५ थान रेनकोट र १ थान टिनको बाकस लगायतका उद्दार सामाग्रीहरु अलहुदा मानव सेवा संस्थालाई हस्तान्तरण गरेको सरावल गाउंपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकास पौडेलले जानकारी दिनुभएको छ ।

हस्तान्तरण कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष उत्तमा राय,समाजसेवी घनश्याम चौधरी , अलहुदा संस्था ९मानव सेवा संस्था ० का अध्यक्ष अताउर रहमान चुरीहार लगाएको उपस्थिती हरको थियो ।

Leave A Reply

Your email address will not be published.