Palhinandan Jado

बर्दघाट–५, विद्युत् पूर्वटोलाको टौवामा गएराती आग्लागी

0 23

माधव घिमिरे
बर्दघाट,पुष–६
बर्दघाट नगरपालिका वडा नंम्वर ५ विद्युत् पूर्वटोलामा परालको टौवामा गएराती आग्लागी भएको छ । आग्लागीवाट परालको टौवा जलेर पूर्ण नष्ट भएको छ भने अन्य क्षेतीभने भएको छैन । राती १० बजेको समयमा भएको आगो निभाउनका लागि बर्दघाट नगरपालिकावाट दम्कल गएको थियो ।

विद्युत् पूर्वटोला निवासी गीता देवि देवकोटाको परालको टौवामा लागेको आगो कस्ले र कसरी लागो ? भन्नेवारेमा भने अहिले सम्म पत्तालाउन सकेको छैन । करिव १ विघा खेतको परालको टौवामा आगो लग्दा पराल जलेर नष्ट भए पनि दमकल पुगेपछि आगो निभाएको र अन्यत्र फैलन नपाएको स्थानियवासीले बताएका छन् ।बर्दघाट नगरपालिकाले दमकल खरीद गरेर ल्याएपछि पहिलो आगो निभाउन दमकल प्रयोग भएको छ ।

Leave A Reply

Your email address will not be published.