Sarawal Ga pa

बर्दघाट–५,विद्युत पूर्व टोलामा सिंचाईका लागि डिप बोरीङ्गको शुभारम्भ ।

0 13

कृष्ण ढकाल
बर्दघाट,श्रावण–५
बर्दघाट नगरपालिका वडा नम्वर ५,विद्युत् पूर्व टोलामा सिंचाईका लागि आज डिप बोरीङ्गको शुभारम्भ गरीएको छ । शिव मन्दिर जल उपभोक्ता समितिका अध्यक्ष गंगाधर आचार्यको अध्यक्षता र प्रदेश नं. ५ का प्रदेश सभा सदस्य दिपेन्द्र कुमार अधिकारीको प्रमुख आतिथ्यतामा उक्त डिप बोरीङ्ग गडानका लागि शुभारम्भ कार्य गरीएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि अधिकारीले मुलुकको संमृद्धिका लागि सबै भन्दा पहिले किसानलाई समृद्धि बनाउन सकेमात्र मुलुक समृद्धि तर्फ जानसक्ने भएकाले प्रदेश सरकारले पहिलो प्राथमिकतामा किसानका लागि सिंचाई,मल बिउ, लगाएत कृषि औजारमा ध्यान दिएको बताउनु भएको थियो । उहांले सिंचाईसंगै कृषि उत्पादनको लागतमा कमीहुनेगरी कृषि औजारको लागि पनि प्रदेस सरकारले सहयोग गरीरहेको बताउनु भएको थियो । त्यसका लागि समुह बनाएर आवश्यक सहयोग माग गर्न समेत आग्रह गर्नु भएको थियो ।
सो अवसरमा बर्दघाट नगरपालिका वडा नम्वर ५ का वडाध्यक्ष रेश्मीराज भट्टराई ,स्थानिय समाज सेवी देविदत्त सापकोटा लगाएतले बोल्नु भएको थियो भने कार्यक्रमको संचालन सुवास रेग्मीले गर्नु भएको थियो । बर्दघाट नगरपालिका वडा नम्वर ५,विद्युत् पूर्व टोलामा सिंचाईका लागि आज शुभारम्भ गरीएको डिप बोरीङ्गले त्यस क्षेत्रको करीव ६० विद्याजग्गा सिंचीत हुने लक्ष्यका साथ कार्यथालनी गरीएको स्थानिय समाज सेवी देविदत्त सापकोटाले बताउनु भएको छ । ८५ लाख देखि १ करोड सम्मको लागतमा उक्त आयोजना सम्पन्न् हुने अनुमान गरीएको छ ।

Leave A Reply

Your email address will not be published.