Jilla Ban Notis

बर्दघाट –२,पोखरीडाँडाका ५ घरमा अग्लागी,मानविय क्षतीहुनवाट जोगीयो

0 42

कृष्ण ढकाल
बर्दघाट,बैशाख–१६
बर्दघाट नगरपालिका वाड नः २ पोखरीडाँडाका ५ घरमा अग्लागी हुदाँ जलेर पूर्णरुपमा नष्ट भएको छ । जंगलमा लागेको आगो गाउँमा पसेपछि पोखरीडाँडाका ५ घर जलेका हुन ।
मंगलवार अथार्त गत १४ गते साँझ ५ बजे मानिसहरु काममा गएको समयमा जंगलको आगो सल्किदै गाउँमा पुगेर घरहरुमा आगोलागी भएको बर्दघाट नगरपालिका वडा नम्वर २ बासखोलाका रोशन गाहाले बताउनु भएको छ ।

तस्विरः–गोपाल तामाङ्ग

जंगलको आगो गाउँमा पसेपछि छिमेकि गाउँ बाँसखोलावाट आफुहरु गएर आगो निभाउन सहयोग गरेको गाहाले बताउनु भएको छ । आगलागीवाट कुनै पनि मानविय क्षती नभएपनि पोखरीडाँडाका शम्सेर सारु,बिपा बाजे,विर बहादुर सुनारी,गणेश तामाङ्ग र लामा बाजेको छोरा गनु तामाङ्गको घर गोठ जलेर पुर्णरुपमा नष्ट भएको गाहालेले बताउनु भएको छ ।

Leave A Reply

Your email address will not be published.