Jilla Ban Notis

बर्दघाट–१५ पृथ्वीवस्तीमा मन्त्री चौधरीद्धारा खानेपानी टंकी शिलन्यास

२ अर्ब ८० करोड रुपैया थप गरेमा यसै वर्ष लुम्बिनी प्रदेशमा ९९ वटा ठूला खानेपानी आयोजनाहरु शिलन्यास गर्ने मन्त्री चौधरीको दाबी

0 31

कृष्ण ढकाल
बर्दघाट,माघ–१०
बर्दघाट नगरपालिका वडा नं.१५ पृथ्वीवस्तीमा खानेपानी टंकी शिलन्यास गरीएको छ । आज लुम्बिनी प्रदेशका भौतिक विकास तथा पूर्वाधार मन्त्री बैजनाथ चौधरीले उक्त खानेपानी टंकी को एक कार्यक्रमका विच शिलन्यास गर्नु भएको हो ।
दाउन्नेदेवी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको खानेपानी टंकी शिलन्यास कार्यक्रममा बोल्दै मन्त्री चौधरीले लुम्बिनी प्रदेश सरकारले खानेपानीको लागि विनियोजन गरेको बजेट बाहेक थप २ अर्ब ८० करोड रुपैया थप गरेमा यसै वर्ष लुम्बिनी प्रदेशमा ९९ वटा ठूला खानेपानी आयोजनाहरु शिलन्यास गर्ने बताउनु भयो।

मन्त्री चौधरीले लुम्बिनी प्रदेशमा ३६ अर्बको बजेट रहेकोमा ८ अर्ब थपीदिनका लागि केन्द्रलाई समेत आग्रह गरेको बताउनु भयो । उहांले यस वर्ष करिव ४२ अर्बको काम गरेको  दाविगर्दै आगामी वर्ष यसलाई बढाएर ५० अर्बको पुंजीगत खर्च गर्नेगरी अघि बढेको बताउनु भएको थियो ।

गत वर्ष कोभिड–१९ का बेलामा समेत नेपालका ७ वटै प्रदेश मध्ये सबैभन्दा बढी ८६ प्रतिशत पुंजीगत बजेट खर्चगर्न सफल भएको दाविगर्दे मन्त्री चौधरीले अहिले नेताहरु चुनावमा होमिएपनि विकास निमार्णका काममा भने कुनै असर नपर्ने बताउनु भयो ।
फरक प्रसंगमा मन्त्री चौधरीले अहिले सत्ताधारी बुढा नेताहरुको आन्तरीक झगडाले केहि समस्या आएको समेत धारणा राख्नु भएको थियो ।

सोही कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य दिपेन्द्र कुमार अधिकारीले अहिले प्रदेश सरकार आफ्नो प्रदेशका सबै जनताहरुलाई शुद्धखानेपानी सर्वसुलभ तरीकाले उपलब्ध गराउने योजनाकासाथ अघि बढाएको बताउनु भएको थियो । उहांले खानेपानीका साथसाथै सिंचाईका लागि पनि डिपबोरीङ्ग र यातायातका लागि सडक निमार्ण लगाएतका ठूला–ठूला योजनाहरु अहिले संचालन भैरहेको बताउनु भएको थियो ।

त्यसैगरी आगामि वर्षको बजेटमा यस योजनालाई सम्पन्न् हुनेगरी बजेट विनियोजन गरीदिनका लागि बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्यालले मन्त्री चौधरी समक्ष आग्रह गर्नु भएको थियो ।
नगर प्रमुख बस्यालले बर्दघाट नगर सुगमक्षेत्रमा रहेको नगर भएरपनि सर्व सुलभ शुद्धखानेपानी नगरका करिव ७० प्रतिशत भुगोलमा मात्र भएको र वांकी ३० प्रतिशत भूगोलमा सर्व सुलभ शुद्धखानेपानी पुयउने कोसीस जारी रहेको बताउनु भयो । उहांले अब त्यो ३० प्रतिशत भुगोलमा क्रमशः नगर,प्रदेश र केन्द्रले समाधान गर्दै अघिबढेकोले केहि समय धैर्यगर्नका लागि नगरवासीहरुलाई आग्रह पनि गर्नु भएको थियो ।
दाउन्नेदेवी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष एकदेव पाण्डेको अध्यक्षता र भौतिक विकास तथा पूर्वाधार मन्त्री बैजनाथ चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष हरि प्रसाद सुवेदीलको स्वागत र सह–सचिव मदनलाला अर्यालको संचालनमा कार्यक्रम सम्पन्न् भएको थियो ।

बर्दघाट नगरपालिका वडा नं. १५ पृथ्वी वस्तीमा निमार्ण हुनलागेको खानेपानी आयोजनाले पवित्रवस्ती,सिद्धनगर,गंगावस्ती,बरुवा,बरकोफेद लगाएतका टोलहरुका जनतालाई सहज सेवा प्रदान गर्ने लक्ष्य रहेको छ । १६ करोड लागतमा निमार्ण हुन लागेको उक्त खानेपानी आयोजना सम्पन्न् गर्नका लागि ४ करोड रुपैयाको पाईपहरु गतवर्ष नै खरीद भै आएको छ भने २ वटा वोरीङ्ग मध्ये एउटा वोरीङ्ग सम्पन्न् भैसकेको छ । अहिले पाईपलाईन विस्तार गर्ने कार्यको थालनी गर्न प्रक्रिया शूरु गरीएको छ भने खानेपानी टंकी निमार्ण कार्य तिव्र रुपमा अघि बढ्को छ ।

Leave A Reply

Your email address will not be published.