Jilla Ban Notis

बर्दघाट १४ मा टोल बिकास समितीद्वारा सचेतना सहित मास्क र साबुन बितरण ।

0 29

मुक्ती तिवारी

बर्दघाट. चैत –१७

बिस्वमा फैलीरहेको कोरोना संक्रमणको फैलावट रोकथाम र नियन्त्रणका लागि नेपाल सरकार र स्थानिय तहहरुले विभिन्न किसिमका नियन्त्रणमुखी कार्यहरू गर्दै आईरहेका छन।बर्दघाट नगरपालिकाले लक्षण देखिएका बिरामीहरुलाई क्वारेन्टाइनमा रहने ब्यवस्था मिलाएको छ,भने कुनै स्वास्थ्य समस्या वा जटिलता आईपरेमा नगरमा जानकारी गराउन अनुरोध गरेको छ ।  विभिन्न संघ सस्था र जनस्तरबाट पनि सचेतना सम्बन्धी क्रियाकलापहरु भैरहेका छन।यसै बिच बर्दघाट नगरपालिका वडा नम्बर १४ गङ्गाबस्ती स्थित शान्ती टोल बिकास समितिले सोमबार आफ्ना टोल बासीहरुलाई सचेतना सहित साबुन र माक्स बितरण गरेको छ ।  टोल भित्रका करिब ८५ घर धुरिमा संक्रमणका बारेमा र यसबाट जोगिने उपायका बारेमा जानकारी गराउदै अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्किन समेत आग्रह गरिएको थियो।  बाटोमा ५ बजे पछि मानिसहरुको चहलपहल देखिन थालेपछि टोल बिकास समितिले सामाजिक दुरि कायम गरि     यस्तो अभियान चलाएको समितिका अध्यक्ष जगन्नाथ तिवारीले बताए।
समितिले टोल भित्र रहेका बिपन्न र दैनिक ज्यालादारी गरि खानेहरुका लागि आवश्यक परेको खन्डमा खाधान्न उपलब्ध गराउने गरि उनिहरु को लगत संकलन गरेको छ भने वैदेशिक रोजगारी बाट टोलमा कोहि आए नआएको समेत जानकारी लिएर जोखिम न्यूनीकरणका लागि स्थानीय निकाय सग आवश्यक समन्वय गरिने बताईएको छ।   आफ्नो छर छिमेकका बारेमा टोल बासीहरुलाई सबैभन्दा बढी जानकारी हुने हुदा तल्लो तहबाट यसको रोकथाम को प्रयास गर्नु पर्ने हुदा प्रत्येक टोल बिकास समितीहरुले लगत संकलन र आ आफ्ना टोल समुदायमा अपरीचित ब्यक्ती आए नआएको बारेमा जानकारी लिनुपर्ने स्थानिय समाजसेवी माधव तिवारीले बताए।

सरकारले लकडाउन गरेपनी साझ पख मदिरा पसल,गाउँ भित्र रहेका भट्टिहरुमा अझै पनि मानिसहरु जम्मा हुने गरेकाले केही ब्यक्तिहरु अझै जागरुक नभएको देखिएकाले टोल बिकास समिती र वडाले त्यसतर्फ पनि गम्भीर ध्यान दिनु जरुरी रहेको बताउछ्न स्थानिय अगुवाहरु यता बर्दघाट नगरपालिका वडा नम्बर १४ का अध्यक्ष केसव बहादुर खत्रीले पनि वडा भित्र स्वास्थ्य समस्या देखिएमा,कुनै द्विबिधा आईपरेमा आफुलाई तत्काल जानकारी गराउन आग्रह गरेका छन भने बिपदको समयमा जुनसुकै अवस्थामा आफ्नो भुमिका रहने उनले प्रतिबद्धता ब्यक्त गरेका छन।

Leave A Reply

Your email address will not be published.