Jilla Ban Notis

बर्दघाट प्रज्ञा प्रतिष्ठानमा चार विभागका संयोजकहरु चयन ,आगामि १७ गते प्रज्ञा सभा हुने ।

0 156

कृष्ण ढकाल
बर्दघाट,पौष–३

बर्दघाट नगरपालिकामा स्थापना गरीएको बर्दघाट प्रज्ञा प्रतिष्ठानको आईतवार (आज) बसेको दोस्रो बैठकले ४ वटा विभागका संयोजकहरु चयन गरेको छ । प्रज्ञा प्रतिष्ठानको ऐन अनुसार भाषा तथा साहित्य विभाग, कला विभाग, संस्कृति विभाग र संगित विभाग गठन गरीएको हो ।

बर्दघाट प्रज्ञा प्रतिष्ठानका कुलपति डा. घनश्याम न्यौपानेको अध्यक्षतामा बसेको प्रज्ञा प्रतिष्ठानको दोस्रो पूर्ण बैठकले भाषा तथा साहित्य विभागको संयोजकमा परिषद् सदस्य हुमनाथ आर्चायलाई चयन गरेको छ भने कला विभागमा उप–कुलपति टिका बहादुर पहाडी,संस्कृति विभाग संयोजकमा सदस्य सचिव रामविलास पौडेलर संगित विभागको संयोजकमा लोक बहादुर मिजारलाई चयन गरीएको छ ।

प्रज्ञा प्रतिष्ठानको परिषदबाट संयोजक चयन गरेपनि वांकी अन्य सदस्यहरु भने आगामि १७ गते हुने प्रज्ञा सभाको प्रज्ञा सभा सदस्यहरुबाट सम्बन्धित विद्यागत क्षेत्रवाट मनोनित गरी विभागले पूर्णता पाउने गरी आजको बैठकले संयोजकहरु चयन गरेको हो ।

५१ सदस्य प्रज्ञा सभा सदस्य रहेको बर्दघाट प्रज्ञा प्रतिष्ठानको दोस्रो परिषद् बैठकले कुलपति अनिवार्य रहने गरी उप–कुलपति र सदस्य सचिवको हस्ताक्षरमा बैकखाता संचालन गर्ने निर्णय गरेको छ । त्यस्तै बर्दघाट प्रज्ञा प्रतिष्ठानको लोगो निमार्ण गर्ने,ऐन संम्सोधन गर्ने लगाएतका महत्वपूर्ण निर्णयहरु गरेको बर्दघाट प्रज्ञा प्रतिष्ठानका कुलपति डा. घनश्याम न्यौपानेले बताउनु भएको छ ।

यसअघि मंसीर ६ गते प्रज्ञा प्रतिष्ठानको संस्थापक परिषद् सदस्यहरुलाई मनोनित गरी ७ गते नै सपथ ग्रहण गराईएको थियो भने प्रज्ञा सभाका सदस्यहरुलाई मंसीर २९ गते सपथ ग्रहण गराईएको थियो ।

Leave A Reply

Your email address will not be published.