Jilla Ban Notis

बर्दघाट प्रज्ञा प्रतिष्ठानले छिट्टै गतिलिन्छ ः कुलपति डा.परिश्रमी

0 141

कृष्ण ढकाल
बर्दघाट,असोज–१७
बर्दघाट नगरका साहित्यकार,पत्रकार,कलाकार,गायककार तथा संगीतकारहरु विच विजया दशमीको शुभकामना आदान प्रदान तथा साहित्यिक कार्यक्रम सम्पन्न् भएको छ ।

बर्दघाट प्रज्ञा प्रतिष्ठानका कुलपति डा. घनश्याम न्यौपाने (परिश्रमी)को अध्यक्षतामा भएको शुभकामना आदान प्रदान कार्यक्रममा सहभागिहरुले आ–आफ्ना रचना वाचन तथा गायन समेत गर्नु भएको थियो ।

सो क्रममा कुलपति डा. न्यौपानेले बर्दघाट नगरको साहित्य र कला क्षेत्रमा लागेका सबै स्राष्टाहरुलाई समाहितगर्दै बर्दघाट प्रज्ञा प्रतिष्ठानलाई एउटा नमुना प्रतिष्ठानका रुपमा अगाडी बढाउन सबै एक भए लाग्नु पर्नेमा जोड दिनु भएको थियो । उहांले प्रतिष्ठानले अझै मुर्तरुप नपाएका कारण अगाडी बढ्न केहि समस्या भएको बताउदै नगरपालिकाले गर्नु पर्ने केहि ब्यवस्थापकिय तथा नितिगत कामहरुको टुङ्गो लगाउदा वित्तिकै बर्दघाट प्रज्ञा प्रतिष्ठानले पूर्णता पाउने र कामहरु अघि बढ्ने बताउनु भएको थियो।

बर्दघाट–४ गजलकुञ्जमा भएको शुभकामना आदान प्रदान तथा साहित्यिक कार्यक्रममा शालिग्राम लम्साल,उत्तमध्वज के.सी.कुस्माकर ढकाल,लक्ष्मी बर्तौला,लोकजी मिजार,रामश्रेष्ठ,नेत्र भण्डारी ,नारायण भण्डारी ,शक्ति पौडेल,माधब प्रसाद घिमिरे लगाएतको उपस्थिती रहेको थियो ।

Leave A Reply

Your email address will not be published.