Jilla Ban Notis

बर्दघाट नगरपालिका वडा नम्वर १६ पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरीयो ।

0 14

कृष्ण ढकाल
बर्दघाट,चैत्र–९
बर्दघाट नगरवासीहरुका लागि आधारभुत स्वास्थ्य सेवाका साथ–साथै स्वास्थ्य बिमा गर्नेकार्य शुभारम्भ गरीएको बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्यालले बताउनु भएको छ । आज बर्दघाट नगरपालिका वडा नम्वर १६ ले आयोजना गरेको पूर्ण संस्थागत सुत्केरी वडा घोषणा तथा आधारभुत स्वास्थ्य केन्द्रको भवन समुद्घाटन समारोहलाई सम्बोधन गर्दे नगर प्रमुख बस्यालले सो कुरा बताउनु भएको हो ।
उहांले निर्वाचनका बेला आफुहरुले बोलेका कुराहरु अहिले आफुहरुले क्रमस पुरागर्दै आएको बताउनु भयो ।
कोभीड–१९का कारणले केहि कामहरु एकवर्ष पछि धकेलिएको भएपनि आफ्ना लक्षीत कार्यहरु पुरा गर्न भने आफुहरु कटीबद्ध भएर लागिपरेको बस्यालको भनाई रहेको थियो । नगर क्षेत्रका हरेक विकास निमार्णका कामहरुमा स्थानियवासीहरुसंग विकासमा साझेदारी गरी अघिबढेको नगर प्रमुख बस्यालले बताउनु भएको थियो। त्यसैगरी बर्दघाट नगरका महिला तथा बालवालिकाहरुको स्वास्थ्यको क्षेत्रमा पूर्ण संस्थागत सुत्केरी वडा घोषणा काम गरीरहदा यो नगरको बालमैत्री तथा महिला मैत्री नगर घोषणाका सुचाङ्क पुरा हुने समेत बताउनु भएको थियो ।

बर्दघाट नगरपालिका वडा नम्वर १६ का वडा अध्यक्ष सुक बहादुर गुरुङ्गको अध्यक्षता र नगर प्रमुख धिरज शर्मा बस्यालको प्रमुख आतिथ्यतामा भएको उक्त पूर्ण संस्थागत सुत्केरी वडा घोषणा तथा आधारभुत स्वास्थ्य केन्द्रको भवन समुद्घाटन समारोहमा नगर उप प्रमुख माया देवि पौडेल, वडा नम्बर ४ का वडाध्यक्ष रविन्द्र विक्रम हमाल,वडा नम्बर ५ का वडाध्यक्ष रेश्मीराज घट्टराई,वडा नम्बर १४ का वडाध्यक्ष केशव बहादुर खत्री,वडा नम्बर १ का वडाध्यक्ष मोतीलाल सुनार,वडा नम्बर १२ का वडाध्यक्ष मान बहादुर मल्ल,बर्दघाट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मेघनाथ पाध्यय लगाएतको उपस्थिती रहेको थियो ।

पूर्ण संस्थागत सुत्केरी वडा घोषणा तथा आधारभुत स्वास्थ्य केन्द्रको भवन समुद्घाटन समारोहमा मनोरञ्जन प्रदान गर्नका लागि हास्य कलाकार ूफुलन्देकी आमाूर गायिका रिता थापाको समेत प्रस्तुति रहेको थियो ।

Leave A Reply

Your email address will not be published.