Jilla Ban Notis

बर्दघाट नगरपालिका वडा नं.२मा सामाजिकदुरी कायमगरी वडास्तरीय सर्बपक्षिय बैठक सम्पनन् ।

0 35

टेक बहादुर बुढाथोकी
बर्दघाट,चैत्र–२६
कोरोना भाइरसको संक्रमणवाट वच्नका लागि गरीएकोे लकडाउन र त्यसको प्रभावका वारेमा केन्द्रीत रहेर बर्दघाट नगरपालिका वडा नं. २ ले आज सामाजिक दुरी कायम गरी वडा स्तरी सरोकारवालाहरुको सर्बपक्षिय बैठक सम्पनन् गरेको छ । वडाध्यक्ष दया दर्लामीको अध्यक्षतामा भएको उक्त वडास्तरीय सर्वपक्षिय बैठकमा वडा भित्रका ,युवा क्लव,स्थानिय समाज सेवी ,वुद्धिजिवि तथा विभिन्न सामिजिक संघ संस्थाहरुका पदाधिकारीहरुको सहभागिता रहेको थियो । सो क्रममा कोरोना भाईरसको संक्रमणवाट वच्नकालागि अहिले सम्म भएका प्रयासहरुका वारेमा छलफलगरी आगामी दिनमा केगर्न सकिन्छ भन्नेवारेमा वडाध्यक्ष दर्लामीलाई सरोकारवालाहरुले सुझाव दिएका थिए । सो अवसरमा वडाध्यक्ष दर्लामीले नगरपालिका र वडावाट भएका प्रयासहरुका वारेमा जानकारी दिदै बैठकमा उठेका सुझावहरु आफुले सक्ने आफुले गर्ने र नसक्ने नगरपालिका समक्ष पुर्याउने प्रतिवद्धता जाहेर गर्नु भएको थियो । त्यसैगरी लकडाउनका वेला राहत वितरण सहयोग गर्ने सबैलाई धन्वाद समेत प्रदान गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.