Jilla Ban Notis

बर्दघाट नगरपालिका वडा नं. ११द्धारा वेमौसमी तरकारीको विऊ वितरण ।

0 26

कृष्ण ढकाल
बर्दघाट,माघ–२८
बर्दघाट नगरपालिका वडा नं. ११ले आफ्नो वडा भित्रका कृषहरुलाई वेमौसमी तरकारीको विऊ वितरण गरेको छ । मंगलवार एक कार्यक्रमका विच कृषकहरुलाई उक्त वेमौसमी तरकारीको विउ वितरण गरीएको थियो । कृषहरुलाई परम्परागत कृषिवाट क्रमशः आधुनिक तथा ब्यवसायिक कृषितर्फ उन्मुख गर्दै उत्पादन मुखि कृषीमा जोड दिनका लागि वडाले वेमौषमी तरकारीको विऊ वितरण गरेको जनाएको छ । वडाले किसानहरुका लागि काक्रो,बोडी,भेन्डी,करेला,लौका,फर्सी र मुलाको विऊ वितरण गरेको थियो । बर्दघाट नगरपालिका वडा नं. ११ का वडाध्यक्ष तिर्थराज फौजदारको अध्यक्षता र कार्यपालिका सदस्य वेचन प्रसाद ठाकुरको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा अशराम थारु,ललीता देवि थारु,लक्ष्मी परियार र यम कला भण्डारी लगाएतको उपस्थिती रहेको थियो भने कार्यक्रमको संचालन वडासचिव लिल बहादुर चौधरीले गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.