Jilla Ban Notis

बर्दघाट नगरपालिका वडा नं.५ को वडाकार्यालय भवन शिलन्यास

0 24

बर्दघाट,चैत्र–५
बर्दघाट नगरपालिका वडा नं.५ को वडाकार्यालय निर्माणका लागि भवन शिलन्यास गरीएको छ । भवनको शिलन्यास बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्यालले गर्नु भएको थियो । भवनको शिलन्यास कार्यक्रममा बोल्दै नगर प्रमुख बस्यालले आफुले शिलन्यास गरेको वडाकार्यालयको भवन निमार्ण कार्य आफ्नै कार्यकालमा सम्पन्न् गरीछाड्ने प्रतिबद्धता समेत गर्नुभएको थियो ।
वडाध्यक्ष रेश्मी राज भट्टराईको अध्यक्षता र नगर प्रमुख बस्यालको प्रमुख आतिथ्यतामा भएको भवन शिलन्यास कार्यक्रममा समाजसेवी बासुदेब चौधरी र उत्तमध्वज के.सी.ले आ–आफ्ना भनाई राख्नु भएको थियो ।
बर्दघाट नगरपालिकाले यस आ.व.मा ५ नं.वडा कार्यालय निमार्णका लागि रु.१० लाख छुट्याएको छ । त्यसैगरी जनश्रमदानको रु.६७ हजार ३ सय ८५ रुपैया गरी जम्मा १० लाख ६७ हजार ३ सय ८५ रुपैया बराबरको कार्य यसवर्ष हुने वडा नंम्वर ५ का वडाध्यक्ष रेश्मीराज भट्टराईले बताउनु भएको छ ।
बर्दघाट नगरपालिका वडा नम्वर ५ को वडाकार्यालय निमाणर््ाका लागि पहिले देखि नै शान्ति निकुञ्ज रेवती गौमाता माविको पश्चिम उत्तर क्षेत्रमा छुट्टाईएको जग्गामा भवन शिलन्यास गरीएको छ । अहिले मगर संघको भवनमा भाँडा दिएर वडा नं. ५ को वडा कार्यालय संचालन गरीएको छ ।

Leave A Reply

Your email address will not be published.