Jilla Ban Notis

बर्दघाट नगरपालिका वडा नंम्बर १२ र १३ पूर्ण संस्थागत प्रसुति सुनिश्चित वडा घोषणा ।

0 34

कृष्ण ढकाल
बर्दघाट,माघ–२०
बर्दघाट नगरपालिका वडा नंम्बर १२ र १३ लाई एक कार्यक्रमका बिच पूर्ण संस्थागत प्रसुति सुनिश्चित वडा घोषणा गरीएको छ । वडा नंम्बर १३ का कार्यवहाक वडाध्यक्ष रेशम राज पाण्डेको अध्यक्षतामा आज आयोजित कार्यक्रममा लुम्बिनी प्रदेश सभासदस्य दिपेन्द्र कुमार अधिकारीले बर्दघाट नगरका १२ र १३ दुबै वडालाई संयुक्त रुपमा पूर्ण संस्थागत प्रसुति सुनिश्चित वडा घोषणा गर्नु भएको हो ।

पूर्ण संस्थागत प्रसुति सुनिश्चित वडा घोषणा कार्यक्रमका प्रमुख अतिथि एवं लुम्बिनी प्रदेश सभासदस्य दिपेन्द्र कुमार अधिकारीले घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सरकारले प्रदेशका नागरीकहरुको स्वास्थ्य,शिक्षा ,खानेपानी र कृषिमा बढी लगानी गरेको बताउनु भएको थियो । प्रदेशका जनताहरुलाई स्वरोजगारी तर्फ उन्मुख गर्दै प्रदेश समृद्धिका लागि प्रदेश सकार अघिबढ्ने योजनामा रहेको समेत बताउनु भयो ।

त्यसैगरी सोही कार्यक्रममा बोल्दै नगर प्रमुख धिरज शर्मा बस्यालले अहिले सम्म बर्दघाट नगरका १६ वडाहरु मध्ये ११ वटा वडाहरुलाई पूर्ण संस्थागत प्रसुति सुनिश्चित वडा घोषणा गरीसकिएको र वांकी ५ वटा मध्ये ३ वटा यस वर्ष र २ वटा आगामी वर्ष घोषणा गर्ने योजनामा रहेको बताउनु भएको थियो । उहांले नगरमा कुष्ठरोगीहरुको पहिचान गर्ने कार्यमा समेत नगरपालिका लागि परेको बताउनु भयो ।

वडा नं. १२ का वडाध्यक्ष मान बहादुर मल्लको स्वागत मन्तब्यवाट शुरु भएको कार्यक्रममा नगर उप प्रमुख माया देवि पौडेल,प्रमुख प्रशासकिय अधिकृत मेघराज पाध्य,वडा नंम्बर ४ का वडाध्यक्ष रविन्द्र बिक्रम हमाल लगाएतले आ–आफ्ना भनाईहरु राख्नु भएको थियो ।

गोपाल सिंह आलेको संचालन रहेको उक्त कार्यक्रममा बर्दघाट नगरपालिका वडा नंम्बर १२ र १३ मा अहिले स्वास्थ्य सेवाको अवस्थाका वारेमा जहदा स्वास्थ्य चौकीका ईन्चार्ज लिलाराम शर्माले जानकारी गराउनु भएको थियो ।
जहदा स्वास्थ्य चौकीका ईन्चार्ज लिलाराम शर्माले गराएको जानकारी अनुसार वडा नं. १२ मा एउटा आधारभुत स्वास्थ्य केन्द्र निमार्णहुने तयारीमा रहेको छ भने अहिले स्वास्थ्य चौकी एक, खोपकेन्द्र ४ वटा,गाउंघर क्लिनीक २ वटा तौलमापन केन्द्र एउटा र ११ जना महिला स्वास्थ्य स्वयमसेवीकाहरुले सेवा प्रदान गरेका छन ।

त्यसैगरी उहांले नेपाल सरकार मार्फत उपलब्ध हुदै आएको संस्थागत सुत्केरीको लागि यातायात खर्च बापत १ हजार,गर्भ जांच उत्प्रेरण बापत ८ सय,न्यानो झोला बितरण र दुई सन्तान सम्मकी आमालाई स्वास्थ्य संस्थामै सुत्केरी हुन प्रेरीत गर्न र आमा र बच्चाको पोषणका लागि ५ हजार रकम उपलब्ध गराउदै आएको समेत कार्यक्रममा जानकारी गराउनु भएको थियो ।

आज भएको पूर्ण संस्थागत प्रसुति सुनिश्चित वडा घोषणा कार्यक्रममा जनगायक जिवन शर्माको निक्कै रोचक गायन प्रस्तुती रहेको थियो भने स्थानिय गायक रामश्रेष्ठको पनि गायन प्रस्तुती रहेको थियो ।

Leave A Reply

Your email address will not be published.