Jilla Ban Notis

बर्दघाट नगरपालिकाले फागुन १ गते देखि नगरक्षेत्रमा दादुरा रुबेला खोप बिरुद्ध अभियान संचालन गर्ने ।

0 17

 कृष्ण ढकाल
बर्दघाट,माघ–२६
बर्दघाट नगरपालिकाले फागुन १ गते देखि नगरक्षेत्रमा दादुरा रुबेला खोप बिरुद्ध अभियान संचालन गर्ने भएको छ । आईवार बसेको बर्दघाट नगरको स्वास्थ्य शाखासंग सम्वन्धित सरोकारवालाहरुको बैठकले १ गते देखि नगरक्षेत्रमा दादुरा रुबेला खोप बिरुद्ध अभियान संचालन गर्ने निर्णय गरेको छ । बैठकले ५ वर्ष सम्मका वाल–बालिकाहरुलाई पोलियो थोपा खुवाउने र दादुरा रुबेला खोप अभियान संचालन गरिने निर्णय भएको बर्दघाट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीले बताउनु भएको छ । आईतवार बसेको नगर स्तरीय स्वास्थ्य शाखा अन्र्तगतका सरोकारवालाहरुको बैठकले दाउन्ने देवि स्वास्थ्य चौकीले नौ स्थानमा, शहरी स्वास्थ्य केन्द्रले ६ स्थानमा , जहदा स्वास्थ्य चौकीले ८ स्थानमा ,पञ्चनगर स्वास्थ्य चौकीले ९ स्थानमा र चिसापानी अस्पतालले ८ स्थानमा गएर दादुरा रुबेला खोप बिरुद्ध अभियान संचालन गर्ने निर्णय गरेको छ ।
नवलपरासीको सात वटै स्थानिय तहमा दादुरा रुबेला अभियान२०७६÷०७७ अन्र्तगत पहिलो चरणमा फाल्गुन १ देखी ९ गते सम्म र दोश्रोचरणमा फागुन १४ गतेदेखी २२ गतेसम्म ९ महिनदेखी ५ बर्षमुनिका बालबालिकाहरुलाई दादुरा रुबेला खोप अभियान संचालन गर्न लागिएको छ ।  नेपालमा २०३४ सालदेखी दादुरा रुबेला बिरुद्धको खोप ९ महिन देखी ५ बर्षमुनिका बालबालिकाहरुलाई लगाउने सुरु गरिएको हो । त्यस्तै सन २००२,सालदेखी २०१८ मा राष्ट्रिय खोप अभियान चलाईएको थियो । दादुरा रुबेला खोप लागएर पाँच बर्षमुनिका बालबालिकाको मुत्यु दर घटाउने सरकारको प्रमुख लक्ष्य रहेको छ ।

Leave A Reply

Your email address will not be published.