Jilla Ban Notis

बर्दघाट नगरपालिकाले आईसोलेशन वार्ड संचालनका लागि पि.पि.ई. पोसाक सहित आबश्यक स्वास्थ्य सामाग्रि हस्तान्त्रण गर्यो ।

0 21

रामु भुषाल
बर्दघाट,चैत्र–१०
नवलपरासीको बर्दघाट नगरपालिकाले कोरोना भाइरस (कोभिड १९) फैलन सक्ने सम्भावित खतरालाई ध्यानमा राखेर आफ्नै पहलमा ‘आइसोलेसन वार्ड’ स्थापना गर्नुका साथै नगरका विभिन्न स्थानहरुमा क्वारेन्टाईनको समेत ब्यवस्था गरेको छ । केहि दिन अगाडि नगरस्तरीय विपद ब्यवस्थापन समितिको बैठकले नगरमा भएका दुईवटा अस्पताल मध्ये शहिद स्मृति सामुदायिक अस्पतालमा बर्दघाट चैपात्तामा  तत्काल ‘आइसोलेसन वार्ड’ स्थापना गर्न सकिने ठहर गर्दै उक्त निर्णय गरेको थियो । साथै सोमबार बसेको सरोकारवालाको छलफलबाट नगरको ३ स्थानमा क्वारेन्टाईन स्थापना गर्ने र दक्षिण तर्फबाट आउने यात्रुहरुलाई लक्षित गर्दै  बर्दघाट ४ त्रिवेणी चोकमा स्वस्थ्यकर्मि सहित हेल्थ डेस्क स्थापना गर्ने निर्णय गरेको छ ।  शहिद स्मृति अस्पतालको उक्त वार्डहरुमा तत्काल एउटा कक्षमा सुरक्षित बेड सहितको कुल ४ वटा बेडको ब्यवस्था हुने गरि स्थापना गरिएको आईसोलेशन वार्ड संचालनका लागि पि.पि.ई. पोसाक सहित आबश्यक स्वस्थ्य सामाग्रि सोमबार उक्त अस्पताललाई हस्तान्त्रण गरिएको नगर प्रमुख धिरज शर्मा बस्यालले जानकारी दिनुभएको छ । तत्काल ४ बेडको तयारी गर्दै सम्भावित स्थलहरुको खोजी सहित आईसोलेशन बेड थपिदै. जाने र स्थानीय सरकारको आफ्नै पहल एंव खर्चमा आइसोलेशन वार्डको ब्यवस्था बर्दघाट नगरले मात्रै गरेको बस्यालले बताउनु भयो । सोमबार सम्पन्न सरोकारवालाको छलफलमा  बिद्यालय बन्द रहेकोले आवश्यक परेमा  बिद्यालयलाई समेत क्वारेन्टाइनको रुपमा प्रयोग गर्न सकिने सुझाव दिएका थिए ।  उता शहिद स्मृति सामुदायिक अस्पतालका  अध्यक्ष निमानन्द न्यौपानेले अस्पतालमा बिशेष सचेतनापुर्वक अन्य बिरामी र कोरोना सम्भावित लक्षणका बिरामीहरुका लागि छुट्टा÷ छुट्टै ओपिडीको ब्यवस्था समेत गरिने जानकारि दिनुभयो ।  त्यसैगरी बर्दघाट नगरपालिकामा कोरोना भाइरस सक्रमणको पूर्वतयारीका बारेमा विभिन्न सचेतनामुलक कार्यक्रमहरु संचालन भैईरहेको नगर स्वस्थ्य शाखा प्रमुख माधव ज्ञवालिले जानकारि दिनुभयो । त्यस्तै कोरोना भाइरसलाई मध्यनजर गर्दै नगरका विभिन्न स्थानहरुमा सचेताना स्वरुप अभियानहरु संचालन भएका छन ।  यसैबिच बर्दघाट नगरपालिका वडा नं ४ को स्मृतिनगर टोल विकास संस्थाले टोलका विभिन्न सार्वजनिक स्थलहरुमा सावुन पानिले हात धुने व्यवस्था मिलाएको छ । बाहिरबाट आउने र स्थानियलाई हात धुने बानिको विकास गर्न टोलका विभिन्न ५ स्थानमा सावुन पानिको व्यवस्था मिलाईएको र सो स्थानमा चाहिने  सावुनको व्यवस्था स्थानिय स्वस्थ्यकर्मी अर्जुन चौधरीले गरेको स्मृतिनगर टोल विकास संस्थाका अध्यक्ष रमेश ज्ञवालीले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.