Bardaghat Na pa

बर्दघाट नगरपालिकाले अनलाइन कर भुक्तानी सेवा शुरु गर्दै ।

28

कृष्ण ढकाल
बर्दघाट,फागुन–६

बर्दघाट नगरपालिकाले अनलाइन कर भुक्तानी सेवा शुरु गर्दै छ । सेवा शुरु गर्नका लागि आज बर्दघाट नगरपालिका प्रमुख प्रसाशकिय अधिकृत मेघराज पाध्य र ईसेवा फोन पे प्रा.ली. काठमाण्डौं–१ हात्तिसारका रुपन्देही शाखा प्रमुख गोविन्द खनाल विच सेवा सम्वन्धि करारनामा सम्झौतामा हस्ताक्षर भएको छ ।
आज भएको दुई पक्षीय सेवा सम्वन्धि करारनामा सम्झौता मुलुकी संहिता २०७४ को भाग ५ को करार तथा अन्य दायित्व सम्बन्धी ब्यवस्थाको अधिनमा रहि सेवा प्रदान गर्ने गरी सहमतिए सम्झौता भएको छ ।

सो सम्झौता अनुसार बर्दघाट नगरपालिकाका सेवाग्राहिहरुले राजश्व भुक्तानी गर्दा यस आर्थिक वर्षका लागि निःशुल्क रहने र आगामि आर्थिक वर्षको श्रावण १ गतेवाट प्रति कारोवार ५ रुपैया सेवा शुल्क ईसेवा फोन प्रा.लीले करदाता अर्थात सेवाग्रहीवाट लिनेगरी सम्झौता गरीएको छ ।

बर्दघाट नगरपालिकाले अनलाइन कर भुक्तानी सेवा सञ्चालनमा ल्याए पछि सेवाग्रहिहरुले घरबाटै वा संसारको जुनसुकै ठाउँबाट पनि अनलाइन मार्फत कर तथा राजश्व तिर्न सकिने बर्दघाट नगरपालिकाका प्रमुख प्रसाशकिय अधिकृत मेघराज पाध्यले बताउनु भएको छ।