Jilla Ban Notis

बर्दघाट नगरपालिकामा पनि कोरोना संक्रमित

0 19

फूलकुमारी ढकाल
बर्दघाट,जेष्ठ २१
बर्दघाट नगरपालिका का एकजना पुरुषलाई कोरोना भाईरसको संक्रमण भएको छ । बर्दघाट नगरपालिका वडा नं. १६को अस्थाइ क्यारेन्टाईनमा रहेका २४ वर्षीय पुरुषको पि.सी.आर. रिपोर्ट आज पोजेटिभ आएको हो । जेष्ठ ४ गते भारतको बम्बईबाट आएका उनलाई बर्दघाट नगरपालिका वडा नंम्बर १६ ले स्थापना गरेको सिद्धज्योती मा.वि.को अस्थाई क्वारेन्टाईनमा राखिएको थियो । उनीसंगै भारतको बम्बईबाट आएका उनका भाई पनि उनीसँगै एउटै कोठामा बस्दै आएपनि भाईको पि.सी.आर. रिपोर्ट भने नेगेटिभ आएको बर्दघाट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीले गाउँले दर्पण अनलाईनलाई जानकारी दिनु भएको छ । अहिले उक्त कोरोना पोजेटीभ युवकलाई रुपन्देहीको आईसोलेसनमा लैजाने तयारी गरिएको ज्ञवालीले जानकारी दिनु भएको छ । बर्दघाट नगरपालिका वडा नं. १६ को अस्थाई क्वारेन्टाईमा अहिले १३ जना रहेको बताइएको छ ।

Leave A Reply

Your email address will not be published.