Jilla Ban Notis

बर्दघाट नगरपालिकाद्धारा कोभिड–१९ विषेश कृषि कार्यक्रममा ७६ जना कृषकहरुलाई अनुदान।

0 55

कृष्ण ढकाल
बर्दघाट,साउन–३
बर्दघाट नगरपालिकाले आर्थिक वर्ष २०७६/०७७ मा प्रदेशवाट प्राप्त गरेको कोभिड–१९ विषेश कृषि कार्यक्रममा ७६ जना कृषकहरुलाई अनुदान प्रदान गरेको छ । बर्दघाट नगरपालिकाको कृषि शाखाले जारी गरेको कोभिड–१९ विषेश कृषि अनुदानका लागि नगरका १ सय ६ जना कृषकहरुले आवेदन दिएकोमा ७६ जना कृषकहरुलेमात्र अनुदान प्राप्त गर्न सफल भएको बर्दघाट नगरपालिकाको कृषि शाखा प्रमुख युवराज लम्सालले जानकारी दिनु भएको छ । उहांका अनुसार आवेदन दिएका सबै कृषकहरुको अनुगमन तथा मुल्याकङ् गर्दा ७५ जना कृषकहरुलाई जनही २० हजार र १ जना कृषकलाई ८० हजार अनुदान प्रदान गरीएको शाखा प्रमुख लम्सालले बताउनु भयो ।
प्रदेश ५ को भूमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालयले विदेशवाट फर्केका र ब्यवसायउन्मुख कृषिकहरुलाई कृषि विकास प्रोसाहन कार्यक्रम र बालीको उत्पादन र उत्पादकत्व बृद्धिको लागि बिज बृद्धि प्रोत्साहन कार्यक्रम संचालनका लागि २२ लाख रुपैया अनुदान उपलब्ध गराएको थियो । तर अनुदानका लागि रित नपुगेका कारण नगरपालिकाले ७६ जना कृषकलाई १५ लाख ८० हजार रुपैया मात्र वितरण गर्न सफल भएको छ । वांकी ६ लाख २० हजार भने आवेदन आएपनि रित नपुगेका कारण वितरण गर्न नसकेको कृषि शाखा प्रमुख युवराज लम्सालले बताउनु भएको छ ।

Leave A Reply

Your email address will not be published.