Sarawal sit lahar Notis

बर्दघाट नगरपालिकाको आर्थिक बर्ष २०७९, ८० को निति तथा कार्यक्रम प्रस्तुत गर्दै दशौँ नगर सभा सम्पन्न,

0 30

रामु भुसाल
बर्दघाट,असार–१०
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाको कार्यालयले निति तथा कार्यक्रम र बजेट पारित गर्नका लागी १० औँ नगरसभा तथा आर्थिक बर्ष २०७९, ८० को निति तथा कार्यक्रम शुक्रबार बर्दघाटमा सम्पन्न गरेको छ ।

बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठको अध्यक्षता तथा सघिंय सासंद एवं पुर्वमन्त्री हृदेश त्रिपाठीको प्रमुख आतिथ्यतमा सम्पन्न भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि त्रिपाठीले देश सघिंयतामा जादा राज्यको पुर्नसरंचना नभई भौगोलिक पुर्नसरंचना भएको हुदा प्रशासनिक सरंचना राज्यको पुर्नसरंचना हुनुपर्ने धारणा राख्नुभयो ।

बर्दघाट नगरपालिकाको चाहना, शान्त समृद्धि र सुन्दर समाजको स्थापना भन्ने मुल नाराका साथ सो निति तथा कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा बोल्दै नगर प्रमुख श्रेष्ठले बर्दघाट नगरपालिकाले गुणस्तरिय शिक्षा र स्वास्थ्य सस्थाको क्षमता विकास, कृषी पशु र लघु उधममा आधरित रोजगारबृद्धि गरि अन्नबाली, दुग्ध, मासु, फलफुल र तरकारीमा आत्मनिर्भर हुने, सरकारी निजि र सहकारीको क्षेत्रमा सहकार्यमा उत्पादन र उत्पाकत्व बृद्धि गरि रोजगारी सृजना र गरिबी निवारण गर्ने वातावरण सरक्षण, विपत ब्यवस्थापन तथा जलवायु परिर्वतन जोखिममा न्यनिकरण गर्ने तथा प्रभावकारी सार्वजनिक सेवा र शुसासन प्रबद्र्धनलाई मुख्य प्राथमिकतामा राखि निति तथा कार्यक्राम प्रस्तुत गरिएको छ ।

आर्थिक बर्ष २०७९/८० को निति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख श्रेष्ठले पुर्वाधार विकास क्षेत्र तर्फ सडक, भवन तथा सहरि विकास, विधुत तथा वैकल्पिक उर्जा, सुचना तथा सञ्चारलाई विशेष प्राथमिकता दिदै सामाजिक विकास तर्फ शिक्षा, स्वास्थय तथा पोषण, खानेपानी र सरसफाई, लैगिंक समानता तथा समाजिक समावेशीकरण तर्फ मलिा शसक्तीकरण, बालमैत्री शासन, दलित आदिवासी जनजाति, मधेशी, मुस्लिम तथा पिछडावर्ग, समाजिक सरक्ष एवं जेष्ठ नागरिक, अपांगता भएका ब्यक्तिहरु, युवा खेलकुद एंव श्रम तथा रोजगारी, भाषा, सस्कृती तथा पर्यटन, गैर सरकारी सस्था सञ्चालन लगाएत आर्थिक विकास तर्फ कृषी तथा पशुपालन, उद्योग बाणिज्य र सहकारी, उपभोक्ता हित सरक्षण, भु उपयोग एवं भुमी अधिकार, वातावरण तथा विपत ब्यवस्थापन, योजना तर्जुमा कार्यान्वयन तथा अनुगमन लगाएतका निति तथा कार्यक्रम लिई शान्त, समृद्ध र सुन्दर समाजको स्थापना गर्ने लक्ष्य लिएको बताउनुभयो ।

सोही अवसरमा नगर उपप्रमुख रुद्रप्रकाश उपाध्यायले आर्थिक विध्ययेक, विनियोजन विध्ययेक तथा न्यायिक समितिको प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा आगामी आर्थिक बर्ष २०७९, ८० का लागी कुल आय तर्फ ९१ करोड अनुमान गरिएकोमा चालु खर्च तर्फ ५२ करोड २३ लाख र पुजिगत तर्फ ३८ करोड ८७ लाख खर्च हुने अनुमान गरिएको प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा बर्दघाट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मेघनाथ पाध्यायले आर्थिक बर्ष २०७८, ७९ को समिक्षा प्रतिबेदन प्रस्तुत गर्दै आर्थिक बर्ष २०७८, ७९ मा कुल बजेट ९१ करोड ६ लाख ३७ हजार कायम भएकोमा यही असार ७ गते सम्म रु ६१ करोड ३ लाख ४५ हजार खर्च भई ६७।०२ प्रतिशत खर्च भएको र चालु खर्च तर्फ रु ४८ करोड ४८ लाख ५ हजार बजेट प्राप्त भएकोमा रु ३८ करोड ५० लाख ७५ हजार खर्च भई कुल बजेटको ७९।४३ प्रतिशत खर्च रहेको बताउदै पुजिगत तर्फ रु ४२ करोड ४८ लाख ३१ हजार बजेट प्राप्त भएकोमा रु २२ करोड ५२ लाख ७० हजार खर्च भई कुल ५२।९० प्रतिशत खर्च भएको बजेट प्रस्तुत गर्नुभएको थियो । त्यस्तै आर्थिक बर्षको अन्त्य सम्म चालु खर्च करिब शतप्रतिशत र पुजीगत खर्च ९० प्रतिशत वित्तिय प्रगति हासिल हुने अनुमान गर्नुभएको थियो ।

कार्यक्रममा विशेष अतिथिको रुपमा सविंधान सभा सदस्य विक्रम खनाल, बर्दघाट नगरपालिकाका पुर्व नगर प्रमुख धिरज शर्मा बस्याल, पुर्व नगर उपप्रमुख माया देवी पौडेल, नेकपा एसका केन्द्रिय सदस्य बृहस्पति अधिकारी लगाएतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

 

Leave A Reply

Your email address will not be published.