Sarawal sit lahar Notis

बर्दघाट जेसीजद्धारा प्रावी तहका शिक्षकहरुलाई तालिम सञ्चालन

0 68

चैत २८

बर्दघाट जेसीजले बर्दघाट नगरपालिको सहयोगमा बर्दघाट क्षेत्रका प्रावि शिक्षक शिक्षिकाहरुलाई तालिम प्रदान गरेको छ ।

मंगलबारदेखि बर्दघाट नगरपालिका अन्र्तगत रहेका १० वटा प्रावि तहका विद्यालयका शिक्षक शिक्षिकाहरुलाई समालोचनात्मक चिन्तन, सहयोगात्मक सिकाई विधि तथा प्राविधिक धार लगायतका विषयमा तालिम सञ्चालन गरेको हो । तालिममा १० विद्यालयका ३७ जना शिक्षक शिक्षिकाहरुको सहभागीता रहेको थियो ।

पहिलो चरणमा ३ दिने तालिम सञ्चालन गर्ने, वैशाखमा २ दिने अनुगमन गर्ने र २ दिने पुर्नताजगी कार्यक्रम सञ्चालन गरीने बर्दघाट जेसीजका अध्यक्ष शिसम पाण्डे गणेशले जानकारी दिनुभयो ।

तालिम कार्यक्रममा बुटवल बहुमुखी क्याम्पस बुटवलका प्राध्यापक प्रकाश शर्मा पौडेलले सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठले बर्दघाट जेसीजले अन्य संघसंस्थाले आयोजना नगर्ने गरेको नयाँ प्रकृतिको तालिम सञ्चालन गरेको भन्दै कार्यक्रमबाट आफू प्रभावित भएको बताउनुभएको थियो ।

नगर प्रमुख श्रेष्ठले त्यस तालिमबाट सिकेका सिकाईहरुलाई शिक्षक शिक्षिकाहरुले व्यवहारमा लागु गरी शैक्षिक गुणस्तरमा सघाउ पुर्याउन समेत अनुरोध गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.