Jilla Ban Notis

बर्दघाट खानेपानीको जंगल मुहान श्रोतमा सरसफाई

0 53

बर्दघाट, जेठ ४
बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले जंगल मुहान श्रोतको सरसफाई गरेको छ । मुल देखी मुख सम्म शुद्ध खानेपानी पुर्याउन तल्लिन रहँदै आएको खानेपानी संस्थाले नियमित रुपमा मुहान क्षेत्रमा सरफाई गर्दै आईरहेको छ ।

खानेपानीको शुद्धता र गुणस्तरमा अग्रस्थानमा राख्दै आएको संस्थाले शुद्धिकरणका विभिन्न उपायहरु अवलम्बन गर्दै आईरहेको छ । संस्थाले मुहान क्षेत्रमा मात्र होईन आम उपभोक्तालाई पनि विभिन्न कार्यक्रमको आयोजना गरी सरसफाईका लागिथ सचेत गराउँदै आईरहेको संस्थाका ब्यबस्थापक विष्णु भुसालले बताउनुभयो ।

मुहान सरसफाईका लागि संस्थाका कर्मचारीहरु नियमित रुपमा खट्ने गर्दछन् भने समय समयमा समितिका पदाधिकारी समेत खट्ने गर्दछन् ।

Leave A Reply

Your email address will not be published.