Jado Notish Bardaghat

बर्दघाट उद्योग वाणिज्य संघद्धारा ४ लाख रुपैयाको चेक हस्तान्त्रण ।

0 141

 

बर्दघाट,असार–५

बर्दघाट उद्योग वाणिज्य संघ,बर्दघाटले ४ लाख रुपैयाको चेक आज चिसापानी अस्पताललाई हस्तान्तरण गरेको छ । कोभिड–१९ का बेला चिसापानीमा संचालन गरीएको आइसोलेसनमा रहेका विरामीहरुको उपचारका लागि संकलन गरी खर्च गरेर बचत रहेको चार लाख रुपैया चिसापानी अस्पताललाई हस्तान्तरण गरेको हो ।

 

बर्दघाट उद्योग वाणिज्य संघको नेतृत्वमा बर्दघाट ,जिमिरेभार र पञ्चनगर बजार विकास समिति संगै जिमिरेभार ब्यापार संघको पहलमा रकम संकलन गरीएको थियो । अक्सीजन लगाएत अन्य स्वास्थ्य उपचारमा खर्च गरेर बचत गरेको रकमको चेक  चिसापानी अस्पताल विकास समितिका अध्यक्ष ईन्द्र सापकोटालाई बर्दघाट उद्योग वाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपानेले हस्तान्त्रण गर्नु भएको थियो ।

 

हस्तान्त्रण गरीएको उक्त रकमले अस्पतालमा रहेका दुइ भवनको विचमा रहेको खाली स्थानमा ट्रस्ट निमार्ण गरिने अस्पताल विकास समितिका अध्यक्ष सापकोटाले बताउनु भएको छ ।

Leave A Reply

Your email address will not be published.