Jilla Ban Notis

बर्दघाटमा ४ लाख ३७ हजार रुपैया सहित १३ जना जुवाडेहरुलाई पक्राउ .

0 55

कृष्ण ढकाल
बर्दघाट,मंसीर–१

नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका वडा नं. २ चिसापानीवाट प्रहरीले आईतवार सा“झ जुवा खेलीरहेको अवस्थामा १३ जना जुवाडेहरुलाई पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय बर्दघाटको टोलीले जुवा खेलीरहेको अवस्थामा ४ लाख ३७ हजार ९ सय २५ रुपैयाको जुवाको खालसहित पक्राउ गरेको ईलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी निरीक्षक
होमनाथ रेग्मी ले जानकारी दिनु भएको छ । खालमा ५० हजारको चेक र वांकी नगद रुपैया रहेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा बर्दघाटका ९ जना सरावलका १ जना र विनयी त्रिवेणीका ३ जना गरी १३ जना रहेको प्रहरीले जनाएको छ ।  उनीहरुमाथि अहिले जुवातास मुद्धा दर्तागरी थप अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक होमनाथ रेग्मी ले जानकारी दिनु भएको छ ।

Leave A Reply

Your email address will not be published.