Jilla Ban Notis

बर्दघाटमा हुने सडक खाना महोत्षव समाज समृद्धिका लागि आर्थिक तथा ब्यवसायिक र आन्तरीक पर्यटन प्रर्वद्धनमा महत्वपूर्ण हुने स्थानियको भनाई ।

खुलेआम रुपमा सडकमा मदिरा विक्रिगर्ने कार्य रोक्नु पर्नेमा जोड ।

0 21

कृष्ण ढकाल
बर्दघाट,माघ–१५

बर्दघाटको पहिचान र बर्दघाटका ब्यापारीहरुको प्रर्वद्धनका लागि सडक खाना महोत्षव एउटा महत्वपूण रहने भैकनपनि खुलेआम रुपमा सडकमा मदिरा विक्रिगर्ने मेला महोत्षवले समाजमा नकरात्मक सन्देश जानसक्ने र शान्ति सुरक्षामा खल्वल पर्न सक्ने खतरा बढीभएको भन्दै बर्दघाटका स्थानियवासीहरुले बढी सतर्कताका साथ ब्यवस्थीतरुपमा सडक खाना महोत्षबलाई अगाडी बढाउन आयोजकलाई आग्रह गरेका छन् । उनीहरुले आर्थिक तथा ब्यवसायिक पर्वद्धनका हिसावले र आन्तरीक पर्यटन प्रर्वद्धनमा महोत्षव आफैमा महत्वपूर्ण र एैतिहासिक रहेको बताउदै खुलेआम मदिरा विक्रि वितरण गर्ने कार्य अशोभनीय रहेकोले खानाका सबै परिकारहरु महोत्षवका समावेसगरी मदिरा विक्रिमा वन्देज गर्न सके महोत्षव नेपालकै नमुना र समाज समृद्धिका लागि आर्थिक तथा ब्यवसायिक र आन्तरीक पर्यटन प्रर्वद्धनमा महत्वपूर्ण हुने उनीहरुको सुझाव रहेको थियो । बर्दघाट नगरपालिका वडा नं ४ नगरपालिका रोडमा यहि फागुन १ गते देखि ३ गते सम्म  होटल तथा रेष्टुरेन्ट ब्यबसायी संघ र मदिरा ब्यबसायी संघ नवलपरासीले संयुक्त रुपमाआयोजना गर्न लागेको सडक खानामहोत्षवका वारेमा बर्दघाट वडा नं. ४ ले सडक महोत्षव आयोजना स्थल वरपरका स्थानियवासीहरुसंग मंगलवार गरेको छलफल कार्यक्रममा सहभागिहरुले उक्त सुझाव दिएका हुन । वडाध्यक्ष रविन्द्र विक्रम हमालको अध्यक्षतामा भएको सो सुझाव संकलन छलफल कार्यक्रममा बर्दघाट उद्योग वाणीज्य संघका अध्यक्ष लेखनाथ न्यौपाने,बर्दघाट बजार विकास समितिका अध्यक्ष शिव कोईराला,स्थानिय विभिन्न टोल विकास समितिका पदाधिकारी, आमा आमासमुह,पत्रकार स्थानिय ब्यापारी लगाएत वडाका जनप्रतिनिधिहरु ,होटल ब्यवसायि संघका प्रतिनिधि कृष्ण चन्द्र पौडेल र सोकारवालाहरुको सो छलफल कार्यक्रममा सहभागिता रहेको थियो ।    

     कार्यक्रममा सहभागिहरुले सडक खाना महोत्षवको तत्काल र दिर्गकालिन रुपमा स्थानियवासीहरुलाई असर नपर्ने गरी फोहरको ब्यवस्थापन हुने उचीत ग्यारेन्टी र शान्ति सुरक्षाका साथ संचालन गर्नु पर्ने सुझाव दिएका थिए । तिन दिन सम्म विविध सांस्कृतिक कार्यक्रम सहित ४ बजेपछि संचालन गर्ने भनिएको सो महोत्षवमा ७० देखि १ सय सम्म स्टल रहने र प्रति स्टल ४ हजार लिने गरी सडक महोत्षवको तयारी अघि बढेको आयोजकले जनाएको छ ।   पर्यटन बर्ष २०२० लाई सफल बनाउनका लागि सडकमा जाऊ सडकमै खाम भन्ने मुल नाराका साथ फागुन १ गते देखि ३ गते सम्म बर्दघाट नगरपालिका वडा नम्बर ४  को बर्दघाट हाटबजार लाईनको सडकमा महोत्सव गर्न लागिएको आयोजक होटल तथा रेष्टुरेन्ट ब्यबसायी संघ र मदिरा ब्यबसायी संघले जनाएको छ ।    

        नगरपालिकाकै गेट अगाडी सडकमा खुलेआम रुपमा मदिरा विक्रिगर्ने मेला संचालनका लागि बर्दघाट नगरपालिकाले अनुमति दिनु आपत्तीजनक रहेको केहि स्थानियवासीहरुले गुनासो गरेका छन् । उनीहरुले मदिराको खुल्ला विक्रि वितरणलाई रोकेर अरु सबै खानाका परिकारहरुको विक्रि वितरण हुनेगरी महोत्षवलाई अगाडी बढाउन अझै पनि नगरपालिकाले कडाई गर्नु पर्ने बताएका छन् । नगरपालिकाले चाहेमा अझैपनि त्यसको समाधानकोपाटो खोज्न सक्ने भएकाले अझैपनि त्यस तर्फ नगरपालिका सचेत हुनुपर्ने उनीहरुको भनाई रहेको छ । आफुहरु केहि ब्यत्तिहरुले सल्लाहगरेर खुल्ला रुपमा मदिरा विक्रि गर्ने पाटो नहटाएमा विरोधमा उठ्ने तयारी गरेपनि केहि ब्यत्तिकाकारण आफुहरुले त्यो नगरेको आफुहरुको नाम वाहिर नल्याउने सर्तमा गाऊले दर्पण अनलाईनलाई उनीहरुले बताएका हुन ।

Leave A Reply

Your email address will not be published.