Jilla Ban Notis

बर्दघाटमा कामना सेवा विकास बैंकको शाखा खुल्यो ।

0 39

कृष्ण ढकाल
बर्दघाट,माघ–५
कामना सेवा विकास बैंक लिमिटेडले बर्दघाटमा शाखा स्थापना गरी आफ्नो सेवा सुभारम्भ गरेको छ । ११५ औं शाखाका रुपमा आईतवार एक कार्यक्रमका विच औपचारीक समुद्घाटनगरी वैंकले बर्दघाट बजारमा आफ्नो सेवा विस्तार गरेको हो । प्रगतिको आधार, कामना सेवासँग कारोबार भन्ने मुल नाराकासाथ अघिबढेको उक्त वैकले सर्वशुलभ तरीकाले कम ब्याजदरमा लगानी गर्ने जनाएको छ । वैंकका संचालक भिम तुलाचनको अध्यक्षता र बर्दघाट नगर पमुख धिरज शर्मा वस्यालको प्मुख आतिथ्यतामा भएको समुद्घाटन कार्यक्रममा बर्दघाट नगरपालिका वडा नं. ४ का वडाध्यक्ष रविन्द विक्रम हमाल,बर्दघाट उद्योग वाणीज्यं संघका अध्यक्ष लेखनाथ न्यौपाने, वृहस्पति अधिकारी,पुण्य पौडेल लगाएतले आ आफ्नो धारणा राखेका थिए । सोअवसरमा वोल्दै उनीहरुले बर्दघाटमा वैंकहरुको आगमन धेरै भएका कारण अब यस वैंकले लगानी गर्दा उत्पादक क्षेत्रमा बढी लगानी गरी नगरको आर्थिक विकासमा टेवा पुराउनेमा आफुहरु विश्वस्त रहेको उनीहरुको भनाई रहेको थियो ।

Leave A Reply

Your email address will not be published.