Jilla Ban Notis

बर्दघाटमा अहिलेसम्म कोभिड–१९ संक्रमितको संख्या १ सय ४६ पुग्यो ः आईतवार १७ जना थपिए ।

0 13

कृष्ण ढकाल
बर्दघाट,कार्तिक–३
बर्दघाटमा अहिले सम्म अर्थात आईतवार सम्म कोभिड–१९ संक्रमितको संख्या १ सय ४६ पुगेको छ । आईतवार मात्र थप १७ जानमा कोधिड–१९ को संक्रमण भएको पिसिआर रिपोर्ट आएको छ । स्वास्थ्य कार्यालय नवलपरासीको आईतवारको तथ्यांक अनुसार बर्दघाटमा कोरोना भाईरसको संक्रमण भएका संक्रमितको संख्या अहिले सम्म १ सय ४६ पुगेको छ भने कोरोना संक्रमणकै कारण अहिले सम्म कसैले पनि ज्यान गुमाउनु परेको छैन् । अहिले सम्म जिल्ला स्वास्थ्य कार्यालय नवलपरासीले दिएको जानकारी अनुसार बर्दघाटमा १ हजार ८ सय ३४ जनाको स्वावसंकलन गरिएकोमा १ हजार ५ सय ७५ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ भने १ सय ४६ जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको छ ।

त्यसैगरी ३३ जनाको पिसिआर रिपोर्ट आउन बांकी रहेको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी ले उपलब्ध गराएको तथ्यांकमा उल्लेख गरीएको छ । आजको मितिमा १७ जना ब्यक्तिहरु क्वारेन्टाईनमा रहेको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासीको जनाएको छ ।

स्वास्थ्य कार्यालय नवलपरासीको हिजो आईतवारको तथ्यांक नवलपरासी (ब.सु.प.)

रामग्राम नगरपालिका वडा नं. ११ का २५ वर्षका १ जना पुरूष

बर्दघाट नगरपालिका वडा नं ४ का ४४ वर्षीय पूरूष १ जना, वडा नं ५ का २७ वर्षीय १ जना पुरुष, त्यस्तै वडा नं नखुलेका बर्दघाट नगरपालिकाकै वर्ष १६,२६,२८,३७,६३ का ५ जना महिला, वर्ष २,२६,२८,३५,४०,४१,४२,४३,४७,५० का १० जना पुरुष

सुनवल नगरपालिका वडा नं ४ की ३५ वर्षीय १ जना महिला, वडा नं ५ की २४ वर्षीय १ जना महिला, वडा नं १३ का ३६ वर्षीय पुरूष १ जना, वडा नं. १२ का वर्ष २१ र २६ का पुरूष २ जना,

सरावल गापा वडा नं २ का २५ वर्षीय १ जना पुरुष, वडा नं. ६ का २५ वर्षीय पुरूष १ जना

Leave A Reply

Your email address will not be published.