Jilla Ban Notis

बर्दघाटका प्रकलपीतद्धारा दोलखाका वहिरा बच्चाहरुलाई आर्थिक सहयोग ।(भिडीयो सहित)

0 30

कृष्ण ढकाल
बर्दघाट,असोज–१८
नवलपरासीको बर्दघाटमा रहेकोे डेबिज स्कूलका विद्यार्थी प्रकलपीत न्यौपानेले आफ्ना साथीभाईहरुसंग रकम संकलन गरेर दोलखामा अध्ययन गर्ने वहिरा बच्चाहरुको कापी कलम किन्नका लागि दश हजार हस्तान्त्रण गरेका छन् ।   हिजो भैरहवा देखि त्रिवेणी सम्म साईकलिङ्गका क्रममा बर्दघाटमा आईपुगेका पुस्कर शाह मार्फत न्यौपानेले ती वहिरा बच्चाहरुको लागि उक्त दश हजार रकम बराबरको चेक हस्तानत्रण गरेका थिए । नेपालको झण्डा बोकेर मुलुक चिनाउन संसार घुमेका साइकल यात्री एवं सगरमाथा आरोही पुस्कर शाहले दोलखामा वहिरा बच्चाहरु लाई अध्ययन गराउदै आएका छन् । बर्दघाटमा रहेकोे डेबिज स्कूलका
प्रिन्सिपल सुवर्ण न्यौपानेका छोरा प्रकलपीत न्यौपानेले गरेको सहयोग प्रति पुस्कर शाहले आभार प्रकट गर्दै उक्त रकम वहिरा बच्चाहरुको कापी कलम किन्नका लागि नै सदुपयोग गर्ने प्रतिवद्धता जाहेर गर्नु भएको थियो ।      भिडीयो   https://www.youtube.com/watch?v=BHlqOvy6nMQ

Leave A Reply

Your email address will not be published.