Jilla Ban Notis

प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना गर्दै बर्दघाट–२ चिसापानी चोकमा दिप प्रज्वलन ।

0 14

कृष्ण ढकाल
बर्दघाट,फागुन–२१
प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक मृर्गौला प्रत्यारोपण सफल भएको खुशीयालीमा समर्थक, सुभेच्छुक र सर्वसाधारणले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गर्दै नवलपारसीको बर्दघाट–२ चिसापानी चोकमा दिप प्रज्वलन गरेका छन् । मदन भण्डारी स्पोर्टस एकेडेमि जिल्ला कमीटी नवलपरासीको आयोजनामा उक्त दिप प्रज्वलन कार्यक्रम सम्पन्न् भएको हो ।  दिप प्रज्वलन पश्चात भएको कोण सभामा बोल्ने बक्ताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गरेका थिए । उनीहरुले देशको समृद्धिका लागि अफ्नो अभियानमा सबै देशवासीहरुलाई एक गरेर अघिबढ्नु भएका प्रद्यानमन्त्री ओलीको स्वास्थ्यमा समस्या भएको भए देशमा नै समस्या आउन सक्ने खतरा रहेको बताउदै प्रद्यानमन्त्री ओलीको मृर्गौला प्रत्यारोपण सफल भएको खुशीयालीमा दिप प्रज्वलन गरीएको बताएका थिए । त्यसैगरी उनीहरुले प्रद्यानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना समेत गरेका थिए ।
दिप प्रज्वलन पश्चात भएको कोण सभामा मदन भण्डारी फाउण्डेसनका नवलपरासी जिल्ला अध्यक्ष थान प्रसाद गैरे,नेकपाका प्रदेश कमीटी सदस्य रामानन्द यादव र आयोजक संस्था मदन भण्डारी स्पोर्टस एकेडेमि जिल्ला कमीटी नवलपरासीका अध्यक्ष सुवोध जागृत बुढाथोकी लगाएतले आ–आफ्ना भनाईहरु राख्नु भएको थियो । सो अवसरमा संविद्यान सभा सदस्य सिन्दु जलेसा लगाएत नेकपाका प्रदेश तथा जिल्ला कमीटीका पद्याधिकारी,विभिन्न जनवर्गीय संगठनमा संयोजक तथा सदस्यहरु लगाएतको उपस्थिती रहेको थियो ।

प्रद्यानमन्त्री ओलीको उपचारमा खटीएको टोली

Leave A Reply

Your email address will not be published.