Jilla Ban Notis

प्रद्यानमन्त्री र राष्ट्रपतिले चालेको कदम विरुद्ध नेपाली कांग्रेस पश्चिम नवलपरासीको आपत्ति

0 19

कृष्ण ढकाल
बर्दघाट,जेठ –१०
पछिल्लो पटक असंवैधानिक तरिकाले गरेको प्रतिनिधिसभा विघटनले मुलुकलाई थप जटिल अवस्थामा पु¥याएको भन्दै त्यसविरुद्ध हुने कानुनी र राजनीतिक लडाईको आन्दोलनमा तयारी रहन भन्दै नेपाली कांग्रेस पश्चिम नवलपरासीले आफ्ना भातृ संगठन, शुभेच्छु संस्था र कार्यकर्तालाई निर्देशन गरिएको छ।
जिल्ला सभापति विष्णु प्रसाद पौडेलले आइतबार एक प्रेस विज्ञप्ती प्रकाशित गर्दै प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवि भण्डारीले असंवैधानिक कदम चालेको भन्दै नेपाली कांग्रेस आन्दोलनका लागि तयारी अवस्थामा रहन कार्यकर्ताहरुलाई निर्देशन गरेको जनाईएको छ ।
विश्वासको मत गुमाई सकेका प्रधानमन्त्री ओलीको विकल्पमा संविधान तह बहुमत सांसदहरुले हस्ताक्षर गरी प्रधानमन्त्रीका लागि प्रस्ताव गरिएका कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरी संविधानको पालना गर्न पनि विज्ञप्तीमा राष्ट्रपति समक्ष आग्रह गरिएको छ ।

Leave A Reply

Your email address will not be published.