Jilla Ban Notis

प्रदेश पाँच सरकारले गर्यो प्रदेश पदकबाट विभिन्न क्षेत्रका ३५ जना व्यक्तिलाई विभुषित ।

0 19

बुटवल,फागुन–३
संविधान दिवसमा घोषणा गरेको प्रदेश पाँच सरकारले प्रदेश पदकबाट विभिन्न क्षेत्रका ३५ जना व्यक्तिलाई विभुषित गरेको छ । प्रदेश स्थापना दिवसको अवसशमा बुटवलमा आयोजित मुल समारोहमा प्रदेश प्रमुख धर्मनाथ यादव, मुख्यमन्त्री शंकर पोखरेल र प्रदेश पाँचका सभामुख पूर्णबहादुर घर्तीले उनीहरुलाई विभूषित गर्नुभएको थियो । विभुषितहुनेमा बुद्धशान्ति पदकबाट स्वर्गीय भिक्षु नावातामे (जापान), प्रदेश प्रमुख जनसेवा पदक प्रथमबाट मोदनाथ प्रश्रित (रुपन्देही), प्रदेश प्रमुख जनसेवा पदक द्वितीयबाट स्वर्गीय कृष्णसेन ईच्छुक (अर्घाखाँची), प्रदेश प्रमुख जनसेवा पदक तृतीयबाट स्वर्गीय सुर्यप्रकाश पुन र उहाँकी श्रीमती स्वर्गीय परम्परा गौतम (रुकुम पूर्व), प्रदेश प्रमुख जनसेवा पदक तृतीय भगौता थारु (दाङ) लाई विभूषित गरिएको छ ।
त्यस्तै मुख्यमन्त्री प्रज्वलदीप प्रथमबाट स्वर्गीय उत्तरकुमार वली (दाङ), प्रदेश सेवा समर्पण प्रथमबाट डा. तिर्थराज ढकाल, प्रदेश सेवा समर्पण द्वितीयबाट सुरेन्द्र अर्याललाई प्रदान गरिएको छ । पत्रकारिता र समाज सेवाको क्षेत्रमा योगदान गरेका दाङका नारायणप्रसाद शर्मा रेग्मीलाई समाजसेवा श्री प्रथमबाट विभूषित गरिएको छ । समाजसेवा श्री द्वितीयबाट स्वर्गीय सम्सेरबहादुर खत्री (गुल्मी), स्वर्गीय हिमादेवी उपाध्याय दाङ्, अशोककुमार रोकाय क्षेत्री (बाँके) समाजसेवा श्री तृतीयबाट डा. लेखराज सुवेदी (प्युठान), घट्टप्रसाद अर्याल (पाल्पा), एजाज आलम (रुपन्देही) लाई विभूषित गरिएको छ ।प्रदेश रत्न प्रथमबाट महेश चौधरी (दाङ), प्रदेश रत्न द्वितीयबाट स्वर्गीय परमानन्द भण्डारी (गुल्मी), चुन्नुप्रसाद शर्मा (सिपी) (रुपन्देही), शशिधर शर्मा (रुपन्देही), प्रदेश रत्न तृतीयबाट डा. विष्णुराज आत्रेय (कपिलबस्तु), नर्बु लामा (रुपन्देही), बुद्धिबहादुर रायमाझी (अर्घाखाँची), चित्रकली बुढा (प्युठान), सोमपाल कामी (गुल्मी) विभूषित गरिएको छ ।
पुथा श्री शिखर द्वितीयबाट कृष्णलाल चौधरी बाँके, प्रदेश प्रज्ञा द्वितीयबाट लुम्बिनी बाणिज्य क्याम्पस (बुटवल), प्रदेश प्रज्ञा तृतीयबाट रेसुङ्गा माध्यमिक बिद्यालय (गुल्मी), प्रजापती गौतमी तृतीयबाट पिमकुमारी गिरी (दाङ), भागिरथी घर्ती (रोल्पा), दंगीशरण बलिहाङ प्रथमबाट वेपत्ता सगुनलाल चौधरी (बर्दिया) तथा दंगीशरण बलिहाङ द्वितीयबाट स्वर्गीय जीतबहादुर थापा मगर (दाङ), दंगीशरण बलिहाङ तृतीयबाट एकराज चौधरी (बर्दिया), अब्दुल लतिफ सौफ (बाँके) र कौषलेन्द्र श्रीवास्तव (नवलपरासीलाई विभूषित गरिएको छ ।

Leave A Reply

Your email address will not be published.