Jilla Ban Notis

प्रदेश नं. ५ र २ का पत्रकारसंग कोरोना अभिमुखिकरण कार्यक्रम सम्पन्न ।

0 20

असोज  ७

नेपाल पत्रकार महासंघले प्रदेश नं  ५ र २ मा कार्यरत एकसय जना पत्रकारहरुका लागि कोभिड १९ सँग सम्बन्धित, वैज्ञानिक पक्ष र  रिपोर्टिङका लागि अपनाउनुपर्ने आवश्यक सचेतनाका बारेमा अभिमुखिकरण सम्पन्न गरेको छ ।
भर्चुअल माध्यमबाट भएको कार्यक्रम विश्व स्वास्थ्य संगठनको सहकार्यमा र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रतिनिधित्वमा भएको थियो ।  नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले कार्यक्रमको औचित्यका बारेमा प्रकाश पार्दै अभिमुखिकरणबाट प्राप्त ज्ञानलाई सबैले व्यवहारमा उतार्न आवश्यक रहेको बताउनुभयो ।  कार्यक्रममा विश्व स्वास्थ्य संगठनका अधिकृत डा. सुनोर बर्माले कारोना भाइरस महामारीमा सञ्चारमाध्यमको दायित्वका बारेमा आफ्नो प्रस्तुतिकरण राख्नुभएको थियो ।
कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विश्व स्वास्थ्य संगठनका विज्ञहरुले कोरोनासंग सम्बन्धित पक्षहरुका बारेमा प्रस्तुतिकरण सहित सहभागीहरुको जिज्ञासाको जवाफ दिनुभएको थियो । महासंघका सचिव प्रकाश थापाले असोज ६ गतेसम्म महासंघको अभिलेख अनुसार देशभर १ सय २० जना पत्रकार कोरोनाबाट संक्रमित हुनुभएको र संक्रमितमध्ये एक जना पत्रकारको मृत्यु भएको जानाकारी दिनुभयो । साथै, उहाँले ७५ जना पत्रकारहरु संक्रमणमुक्त हुनुभएको र ४४ जना पत्रकार उपचाररत रहनुभएको बताउनुभयो ।       @ नेपाल पत्रकार महासंघवाट    https://www.youtube.com/watch?v=rcSvZv8ffHo&t=135s

 

 

Leave A Reply

Your email address will not be published.